१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कार्यरत स्थानीय निकायका कर्मचारीद्वारा कलम बन्द

२७ माघ २०७३, बिहीबार ०९:३५

सरु शर्मा | माघ २७, परासी | स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समिति नवलपरासीले गरेको आन्दोलनको घोषणा अनुसार आज एक  घण्टा कलम बन्द गरेका छन् । 

विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनिहरुले मँगलबार र बुधबार हातमा कालो पट्टि बाधेर आन्दोलन गरेका थिए । आज १०:३० देखि ११:३० सम्म एक घण्टा कलम बन्द गरेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

स्थानीय तह पुर्नसरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हालको स्थानीय निकायहरु कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिनुपर्ने र नपुगेका जनशक्तिलाई मात्र निजामती सेवाबाट पठाईनुपर्ने, कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकाय र अन्य सेवाका कर्मचारीको समकक्षता निर्धारण गरि तह श्रेणी मिलान गर्ने, जेष्ठता योग्यता एवँ कार्यसम्पादनका आधारमा जिम्मेवारी दिनुपर्ने, कर्मचारीको ईच्छा अनुसार समायोजन गर्नुपर्ने माग गरेको छ ।

यस्तै समायोजनमा जान नचाहने कर्मचारीका लागि विशेष सुविधा सहित स्वच्छीक अवकाश लिन पाउने व्यवस्था गरिनुपर्ने, स्थानीय प्रादेशिक, संघिय निजामती सेवाका कुनैपनि प्रतिस्पर्धामा कार्यरत कुनै पनि कर्मचारीलाई उमेरको हद नलाग्ने व्यवस्था संघिय तथा प्रोदशिक कानुनहरुमा व्यवस्था गरिनुपर्ने माग आफुहरुको रहेको स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो ।

  यस्तै स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने, प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनीक संरचना र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने लगायतका माग समेत अघि सारिएको छ । आन्दोलनमा रहेका कर्मचारीहरुले भोली २८ गते तिन घन्टा पेन डाउन गर्ने, फागुन एक गते सवै स्थानीय निकायको सेवा ठप्प पार्ने कार्यक्रम रहेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन