२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्ला स्वास्थयकार्यालयको रगतको प्रखाईमा सुपुरा

२७ माघ २०७३, बिहीबार १५:४८

दान बहादुर बुढा, माघ २७, मुगु । बुधवार जिल्ला अस्पतालमा भर्ना भएकी रोवा गाबिस ५ कि सपुरा बुढा रगत अभावका कारण अस्पतालको शैयामा छटपटाई रहेकी छन । सपुरा १२ वटा सन्तान गर्भ बोकी १३ गर्भको बच्चा गर्भमा ४ महिना हुदा सपुरालाई रक्त सराप हुदा अहिले जिल्ला अस्पताल ठिनीमा रगतको प्रखाईमा छन । 

जिल्ला अस्पतालमा बलड बैकको ब्याबस्था नहुदा सपुरा बुढा लाई बाहिरीए जिल्ला उपचारको लागाी जिल्ला अस्पताल बाट रीफर गर्दा बुढाका अफन्तजनहरुले जुम्ला लगेको जिल्ला अस्पताल ठिनी मुगुले जनाएको छ । सुपराको घरको अबस्था भने दयेनीय छ बिहान खाउ भने बेलुका केखाने भन्ने सपुरालाई जिल्ला अस्पताल मुगुले जनाएको छ । 

जिल्ला अस्पतालका डा. सरोज अधिकारीका अनुसार बिरामिको हिजो घरबाट आउदा नै ब्लड  बगेको थीयो अहीले केही कम भएको छ र पेटको बच्चा ४ महिनाको भएको हुदा सानो र पाठेघर भित्र साल ठूलो भएको हुदा जिल्ला अस्पतालमा स्रोत साधन कम हुदा जिल्ल्ला भन्दा बाहिर सुबिधा युक्त अस्पतामा रिफर गरीएको सार्थै सस्था घटना प्रतेक महिना ३,४ आई रहेका  बताउछन । 

बिगत केही दिन पहिले रुगा ५ लुम गाँउका दानसिंग वि.क आफनी ३५ बर्षिया श्रीमतीलाई एक साता यताबाट ज्वरोले सताएपछि एक घण्टा हिडेर जिल्ला अस्पताल मुगुमा चेकजाच गर्न आए तर डाक्टरले शरिरमा रगतको मात्रा कम भएको र तत्काल ४ पईन्ट ए पोजोटिप रगत चाहिने भने पछि उनी उक्त समुहको रगत भएका दाता व्यक्ति खोज्न सदरमुकाम गमगढी बजारमा भौतारिए दिनभरी बजारमा रगत खोज्दा खोज्दा हैरान भएका उनलाई फेज नेपाल नामक गैर सरकारी सस्थाका अनमी प्रभा देवकोटाले आफनो रक्त समुह मिलेको र आफु एक पईन्टसम्म रगत दिन तयार भएको मन्जुरी दिईन । स्वास्थ्यकर्मिहरुले उक्त रगत वि.ककी श्रीमतीलाई दिए तर बाँकी ३ पईन्ट रगत कतै पाईनन । उनी कतै रगत पाउने आशामा जिल्ला अस्पतालमा कुरीरहेका छन । 

गत महिनाको ४ गते सुत्केरी भएर अत्याधिक रक्तश्राव भएपछि द्ई दिन बोकेर जिल्ला अस्पताल पु¥याईएकी जिमा ७ की २२ बर्षिय सृजना मल्ल बचाउन पनि रगतको आवश्यकता प¥यो आफन्त,अस्पतालले सबै तिर रगत खोजी गरे स्थानिय रेडियो पत्रिकाहरुमा समेत सुचना गरियो । तर कतै रगत पाउन सकिएन उता रक्तश्रावले मृत्युको मुखमा पुगेकी मल्लको अवस्था झन नाजुक हुदा आफन्तहरु आत्तिएका थिए । दोसो्र दिन सदरमुकाम सुरक्षार्थ खटिएको नेपाली सेनाको भगवतीदल गुल्मका पिउठ कृष्ण बहादुर श्रेष्ठ र फेज नेपाल कै स्वास्थ्यकर्मी भगवती रानाले १÷१ पईन्ट रगत दिएपछि उनको ज्यान बच्यो ।

रगत अभावका यी र यस्तै खाले समस्या भएका विरामी मुगु जिल्ला अस्पताल प्राय दिनहु आईरहन्छन । विरामी र सुत्केरी आमा तथा बच्चाका आफन्तले यो समस्या झेलीरहका हुन्छन । जिल्ला अस्पताल मुगुका चिकित्सक प्रकाश नेपाली अस्पतालमा रगतकमी भएका विरामी र सुत्केरी तथा बालबालिकाहरु बढदै गएको र जिल्लामा ब्लड बैक नहुदा स्वास्थ्य सेवामा समस्या हुने गरेको बताउनु हुन्छ । धनी हुने खानेहरुले त जसो तसो मिल्दो समुहका व्यक्ति खोजेर आफन्त विरामीलाई बचाउछन तर गरिवहरुले कतै रगत नपाउदा अकालमा आफन्तहरुको ज्यान गुमाउनु परिरहेको छ ।

जिल्ला अस्पतालमा हालै अप्रेसन सेवा (अप्रेसन गरेर बच्चा निकाल्ने) शुरु भएपनि अग्रिम रगत मौजादको व्यवस्था नहुदा जोखिम मोलेर भगवान भरोसामा अपे्रशन गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक सरोज अधिकारी  बताउनु हुन्छ । उनले भने माघ ७ गते जिमा ७ की जयलक्ष्मी मल्ल (२२) र गत कार्तिक ४ गते श्रीनगर की राज्य लक्ष्मी हितान (२४) को अप्रेशन गरेर बच्चा निकालियो तर भगवान भरोसामा रगतको अग्रीम व्यवस्था नगरेर भलै दुवैको ज्यान बच्यो कतै तलमाथी भएको भए के हुन्थ्यो । दुर्गमका जनतालाई चिकित्सकिय सेवा दिने हो भने सबै आवशकिय स्रोत साधनको व्यवस्था गर्नु पर्ने ,सरकारले प्रत्र्यक जिल्ला अस्पतालमा ब्लड बैकको व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

गत श्रावण बाट पौष सम्म जिल्ला अस्पतालबाट ११३ जना महिलाले जिल्ला अस्पतालबाट प्रसुती लिएर बच्चा जन्माएका मध्य प्रायको शरिरमा रगतको कमी थियो तर जिल्लामा पाउनै ग्राहो जाखिम मोलेर भएपनि स्वास्थयकर्मीले प्रसुती गराए स्वास्थ्यकर्मी रामदेवी सेजुवालले बताईन ।

उसो त नेपाल रेडक्रस सोसाईटीले १ बर्ष पहिला रगतदाताको नाम ,ठेगाना,रगत समुह र सम्पर्क  नम्बर सहितको विवरण राख्ने र जिल्ला अस्पतालमा कसैलाई रगत आवश्यक परेमा विरामीलाई चाहिने समुहको व्यक्तिलाई सम्पर्क गराई रगत उपलाब्ध गराउने व्यवस्था मिलाए थियो तर हाल यो सेवा बन्ध हुदा अस्पताललाई समस्या हुने गरेको छ भने विरामीका आफन्तले रगत खोज्न बजार चहार्नु परेको छ । 

जिल्लामा रगत दिएमा कमजोर भईन्छ भन्ने मनोविज्ञानले गर्दा स्थानियहरु रगत दिन मान्दैनन कर्मचारीहरु पनि रगतदान गर्न त्यती अग्रसर हुदैनन । हालसम्म प्रहरी,सेना र केही गैर सरकारी सस्थाका कर्मचारीहरुलेले रगत दिएर धेरैको ज्यान बचाएका छन । यदी यी दाताहरुले रगत दिन बन्ध गरी दिने हो भने यहाँ विरामी,सुत्केरी तथा बच्चालाई बचाउन झनै ग्राहो हुन्थ्यो स्वास्थ्यमर्की तथा अनमी तिर्सना मल्लले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य