पढ्न करिब 1 मिनेट लाग्छ

माघ २८, बैतडी । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले राससलाई जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले सो भूकम्पबाट हालसम्म कुनै प्रकारको क्षति नभएको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।

यसअघि माघ २५ गते राति पनि भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प जाँदा त्यसको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस भएको थियो । रासस