२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संविधान संशोधन पछि मात्रै स्थानिय चुनाव : गृह मन्त्री निधी

२०७३, २८ माघ शुक्रबार १०:०७

माघ २८, परासी । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सरकारले संबिधान संसोधन पछि मात्र स्थानीय तहको निर्बाचन घोषणा गर्ने बताएका छन  । गृह मन्त्री निधिले एमाले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाउदै बर्तमान सरकारले संविधान कार्यान्वयमा ल्याउन संविधान संसोधन गरि संघिय संरचनामा जाने बताउनु भयो ।

आज उद्योग वाणिज्य संघ नवलपरासीको ३५ आंै साधारण सभामा बोल्दै गृह मन्त्री निधीले एमाले संग बर्ता छलफल गरी सीमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागी परेको जानकारी दिनु भयो ।

गृहमन्त्री निधिले एमालेको हेराफेरी रबैयाकै कारण मधेशि मोर्चा बेखुस भएको बताउदै संविधान प्रति रुष्ट विभिन्न दलहरुलाई समहमतिमा ल्याउन संविधान संसोधनमा सरकारले जोड दिएको बताउनु भयो । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री निधिले स्थानीय तह र प्रादेशिक सहित केन्द्रिय चुनावमा सरकार लागि परेकाले ति चुनावहरुलाई सहयोग गरि संविधान कार्यान्वयनमा सहयोग गर्न सबै दलहरुले सहयोग गर्न आवश्यक रहेको आग्रह गर्नु भयो ।

गृहमन्त्री निधीले यस जिल्लामा औद्योगिक करिडोर स्थापना र पर्यटनलाई विकास गर्न सम्बन्धीत मन्त्रालयमा विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपालमा पर्यटन क्षेत्रको विकास गरि आन्तरिक एवं बाह्य पर्यटन भित्राउन सके नेपालको छिटै विकास हुने धारणा राख्दै नवलपरासीको सबै पर्यटकिय क्षेत्रको विकासका लागि आफु विशेष पहल गर्ने बताउनु भयो ।  

त्यसै बिच नेपाली कांग्रेस क्षेत्र नं. ५ का सांसद विक्रम खनाल र क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले नेपाली कांग्रेसले नै शिर्षदलहरुको सहमतिमा संविधान ल्याएको र नेपाली कांग्रेसले संविधान कार्यान्वयमा नेतृत्व लिई संधिवान कार्यान्वय गराउन सक्ने आफु विस्वस्त रहेको साझा धाारणा राख्नु भएका थिए ।  

त्यसै बिच उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले यस उद्योगी व्यवासयीहरुका हकहितमा सरकारले विशेष उद्योग निति ल्याउन आवश्यक रहेको औल्याउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले नवलपरासी जिल्ला उद्योग र पर्यटनको दृष्टिकोणले निकै सम्भवाना बोकेको जिल्ला रहेको जानकारी गराउदै यस जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरे जिल्लाको छिटो विकास हुने आफनो  प्रतिवेदन माफर्त जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी