१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संविधान संशोधन पछि मात्रै स्थानिय चुनाव : गृह मन्त्री निधी

२८ माघ २०७३, शुक्रबार १०:०७

माघ २८, परासी । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सरकारले संबिधान संसोधन पछि मात्र स्थानीय तहको निर्बाचन घोषणा गर्ने बताएका छन  । गृह मन्त्री निधिले एमाले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाउदै बर्तमान सरकारले संविधान कार्यान्वयमा ल्याउन संविधान संसोधन गरि संघिय संरचनामा जाने बताउनु भयो ।

आज उद्योग वाणिज्य संघ नवलपरासीको ३५ आंै साधारण सभामा बोल्दै गृह मन्त्री निधीले एमाले संग बर्ता छलफल गरी सीमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागी परेको जानकारी दिनु भयो ।

गृहमन्त्री निधिले एमालेको हेराफेरी रबैयाकै कारण मधेशि मोर्चा बेखुस भएको बताउदै संविधान प्रति रुष्ट विभिन्न दलहरुलाई समहमतिमा ल्याउन संविधान संसोधनमा सरकारले जोड दिएको बताउनु भयो । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री निधिले स्थानीय तह र प्रादेशिक सहित केन्द्रिय चुनावमा सरकार लागि परेकाले ति चुनावहरुलाई सहयोग गरि संविधान कार्यान्वयनमा सहयोग गर्न सबै दलहरुले सहयोग गर्न आवश्यक रहेको आग्रह गर्नु भयो ।

गृहमन्त्री निधीले यस जिल्लामा औद्योगिक करिडोर स्थापना र पर्यटनलाई विकास गर्न सम्बन्धीत मन्त्रालयमा विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपालमा पर्यटन क्षेत्रको विकास गरि आन्तरिक एवं बाह्य पर्यटन भित्राउन सके नेपालको छिटै विकास हुने धारणा राख्दै नवलपरासीको सबै पर्यटकिय क्षेत्रको विकासका लागि आफु विशेष पहल गर्ने बताउनु भयो ।  

त्यसै बिच नेपाली कांग्रेस क्षेत्र नं. ५ का सांसद विक्रम खनाल र क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले नेपाली कांग्रेसले नै शिर्षदलहरुको सहमतिमा संविधान ल्याएको र नेपाली कांग्रेसले संविधान कार्यान्वयमा नेतृत्व लिई संधिवान कार्यान्वय गराउन सक्ने आफु विस्वस्त रहेको साझा धाारणा राख्नु भएका थिए ।  

त्यसै बिच उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले यस उद्योगी व्यवासयीहरुका हकहितमा सरकारले विशेष उद्योग निति ल्याउन आवश्यक रहेको औल्याउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले नवलपरासी जिल्ला उद्योग र पर्यटनको दृष्टिकोणले निकै सम्भवाना बोकेको जिल्ला रहेको जानकारी गराउदै यस जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरे जिल्लाको छिटो विकास हुने आफनो  प्रतिवेदन माफर्त जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन