१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज तीन घण्टा कलम वन्द गरे, १ गते काम नै ठप्प पार्ने चेतावनि

२८ माघ २०७३, शुक्रबार १०:२६

सरु शर्मा,  माघ २८, परासी । नवलपरासीका स्थानीय निकायमा कार्यरत कर्मचारीले आज शुक्रबार तीन घण्टा कलम वन्द गरेका छन् । स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति नवलपरासीको आह्वानमा जिविस र गाविसका कर्मचारीले आज तीन घण्टा कलम बन्द गरेर आन्दोलन गरेका हुन् ।

      हिजो १ घण्टा कलम बन्द गरेका स्थानिय निकायका कर्मचारीले आज १०ः३० देखि दिउसो १ः३० सम्म कलम बन्द गरेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । भोली शनिबार भएकाले अव १ गते सबै निकायको काम पुर्ण रुपमा ठप्प पारेर आन्दोलन जनाउने स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो । कर्मचारीहरुको आन्दोलनका कारण आफुहरुले भने सास्ती खेप्नु परेको सेवा गा्रहीले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन