माघ २८, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक रवि पाण्डेयले माघ २८ गते परेको जन्मदिनको अवसरमा आफ्नो जन्मदिनमा अबका दिनमा कुनै खर्च नगर्ने घोषणा गर्दै श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना गर्नूभएको छ ।
दिवंगत हजुरबुवा श्रीकृष्ण पाण्डे बुवा मेघनाथ तथा दुर्घटनामा परी मृत्यु भएकी बहिनी शान्तिको स्मृतिमा पाण्डे परिवारले रु ५१ हजार बराबरको अक्षय कोष स्थापना गरेको हो । सो रकमबाट हुने ब्याज बाट प्रतिबर्ष एक जना क्रियाशिल पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने संरक्षक पार्वती पाण्डेले बताउनूभएको छ ।