2026-09-19 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ बजार व्यवस्थीत गर्नका लागि नियमित अनुगमन गरिने

कृष्ण कँडेल/माघ २८, बागलुङ । बुर्तिबाङ बजारका सडक पेटिमा व्यापारीहरुले अव्यवस्थीत रुपमा राख्ने सामानले बजारको सुन्दरता र सवारी आवागमतमा समस्या भएकाले भन्दै स्थानिय प्रसासन र सरोकारवालाले नियमित अनुगमन गर्ने निर्णय गरेका छन् । 

एकीकृति सेवा केन्द्र बुर्तिबाङको समन्वयमा प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाको आज बुर्तिबाङमा भएको बैठकले फागुन २ गतेदेखि नियमित अनुगमन गर्ने निर्णय गरेको हो । 

बजारको सुन्दरता कायम राख्न र सवारी साधनको आवागमनमा सहजताका लागि पसलका सडक पेटी र सडक नै रोकिने गरि समान नराख्न यसअघि पनि पटक पटक आग्रह गरिएको एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले जानकारी दिनुभयो । 

उहाँले अब नियमित अनुगमन गरेर नियम नमान्नेलाई जरीवाना सहित समान समेत जफत गरिने बताउनुभयो । 

एकीकृत सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, सञ्चारकर्मी लगायत सरोकारवालाको टोलिले फागुन २ गतेदेखि नियमित अनुगमन गरिने बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिनुभयो । 

बैठकले बुर्तिबाङ बजारमा हाँस, कुखुरा लगायतका घरपालुवा जनावर जथाभावि छाड्नाले दुर्घटना निम्तीने भन्दै त्यसरी नछाड्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । 

त्यसरी छाडिने जनावर दुर्घटनामा परेर मरेको अबस्थामा सम्बन्धित धनीले क्षेतीको दावि गर्न नपाउने गरि दुईबर्ष अघि २०७१ कार्तिक ४ गते भएको निर्णय काडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ । 

बैठकले बुर्तिबाङ बजारको फोहोर व्यवस्थानका लागि स्थानिय सम्पुर्ण सरोकारवाला विच छलफल गरि दिर्घकालिन व्यवस्थापनको योजना बनाउने निर्णय गरेको छ । 

फोहोर व्यवस्थापनको लागि अहिलेसम्म भएका प्रयास फोहोर व्यवस्थित गर्ने जग्गा नहुँदा कार्यान्वयन गर्न समस्या भएकाले अब ल्याडफिल्ड साईडका लागि दिगो जग्गा व्यवस्थापन गर्ने योजना निर्माण गर्नुपर्ने सरोकारवालाले धारणा राखेका थिए । 

निमलाल पाण्डेको संयोजकत्वमा समिति गठन गरेर फोहोर व्यवस्थापनको १० बुँदे आचार सहिंता बनाई काम अघि बढाउने प्रयास भएपनि अहिले रोकिएको छ । 

समिति माफर्त यसअघि गत असारमा झण्डै एक महिना र पुस १ गते एक दिन बुर्तिबाङ बजारको फोहोर उठाईएको थियो ।  

फोहोर व्यवस्थापनको लागि जिम्मा लिएरको व्यवस्थापनकले काम गर्ननसक्ने भन्दै फोहोर उठाउन छोडेपछि समस्या भएको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई