१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरियो

२८ माघ २०७३, शुक्रबार १४:५८

भाष्कर केसी/माघ २८, कञ्चनपुर । भीमदत्त नगरपालिका बार्ड नं.१३ लाइ आज एक बिशेष समारोहका बिच खुल्ला दिशा मुक्त वार्ड घोषणा गरिएको छ । 

१३ नं. वार्ड भीत्र रहेका १ हजार ४० घरहरुमा शौचालय निर्माण भएपछि वार्डलाइ खुल्ला दिशामुक्त घोषणा गरिएको हो । वार्ड नं.१३ का सचिव प्रेम बहादुर कुवरको सभापतित्वभमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डागी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति पदम अवस्थी नेकपा एमालेका जिल्ला सदस्य कर्ण बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नगर संयोजक लोकराज जोशी, राजमोका सेकर सुनार, राप्रपाका शेर बहादुर महरा सहभागी रहनुभएको थियो । 

सेवक नेपाल र संजिवनी नेपाल लगायतका अन्य ओडिएफमा महत्वपुर्ण भुकिका खेलेका संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो । सिद्धनाथ मावि बडैपुरमा भएको ओडिएफ कार्यक्रममा बैजनाथ आधारभुत वि. पिपरैया, सौगात इङ्गलिस बोडिङ्ग स्कुल पिपरैया, बाल विद्या निकेतन बडेपुर लगायतका बिद्याथीहरुले रयालीमा भाग लिएका थिए । 

कार्यत्रलम हुनु पुर्ब बिभिन्न स्कुलका बिद्यार्थीहरुले हातमा प्लेकार्ड बोकेर गाउघर सफा सुवघर राख्न र घर घरमा भएका शौचालय समेत सफा राख्न सचेत गराएका थिए । बिभिन्न सांस्कृतिक कार्यक्रमा बिच सम्पन्न कार्यक्रममा दोधाराबाट आएको मयुर नाच आर्कणका केन्द्रबिन्दुको रुपमा रहेको थियो । 

प्रमुख अथितीको आशनबाटख बोल्दै भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डागीले १३ नं. का जनताहरुलाइ बधाइ दिदै गाउघर र नगर सफा राख्नु सबैको कर्तव्य भएकोले नगरपालिकाको यस अभियानमा साथ दिन सबैलाइ आग्रह गर्नुभयो । 

नगर सफा राख्नु नै सभ्य नागरिकको परिचय भएको उहाको भनाइ रहेको थियो । सबै राजनितव्ीक दलका प्रतिनिधिहरुको अभियानमा एक्यवद्धता जनाउदै आफुहरुको तर्फबाट सधै सहयोग रहेने बताएका छन् । कार्यक्रममा वडा नागरिक मंचकी संयोजक रिना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संजिवनी नेपालका अमिर तिरुवाले कार्यक्रम संचालन गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन