२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा द्वन्दकालका संरचना एउटा पनि सम्पन्न भएनन्

२०७३, २८ माघ शुक्रबार १५:१७

माघ २८, दार्चला । नेपालमा चलेको १० बर्षे गृहयुद्धका कारण विभिन्न संरचनाहरु ध्वस्त भएका थिए । 

मुलुकमा शान्ति स्थापना पछि आर्थिक बर्ष २०६५/६६ बाट पुनर्निमाण तथा पुर्नस्थापन कार्यक्रम लागु भएको थियो भेन आर्थिक बर्ष २०६८/६९ बाट शान्तिका लागि विकास निर्माण कार्यक्रम लागु भएको थियो ।

तर शान्तिका लागि विकास निर्माण लागु भएको छ बर्ष वितिसक्दा पनि हालसम्म कुनै योजना सम्पन्न भएका छैनन् । शान्तिका लागि विकास निर्माण कार्यक्रम अन्तरगत बनेका धारी गाविसको धारीपाटा मावि धारी, धुलीगडा गाविसको देबी निमावी गडीगाड र लटिनाथ निमावि बोहरीगाउँको विद्यालय भवन सम्पन्न भएको भएपनि डिजायन स्टमेट अनुसार रङ्गरोगन तथा फिनिसिङ गर्न बाँकी रहेकाले ति विद्यालयहरु हस्तान्तरण गर्न बाँकी रहेको र १४ वटा योजनाहरु क्रमाङ्गत रुपमा चलिरहेका जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर मदनराज जोशीले जानकारी दिए ।

पुनर्निमाण तथा पुर्नस्थापन कार्यक्रम अन्तरगत हालसम्म १२ गाविस भवन, स्वास्थ्य चौकी भवन २, क्याम्पस १, विद्यालय भवन १, क्याम्पस १ र एउटा जिल्ला विकास समितिको गोदाम घर निर्माण सम्पन्न भएका छन् भने ६ गाविस भवन, जिल्ला प्राविधिक कार्यालय १, खानेपानी योजना २, विद्यालय भवन १५ र एक क्याम्पस निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर जोशीले बताए ।

चालु आर्थिक बर्षमा पुनर्निमाण तथा पुर्नस्थापनका लागि पाँच वटा नयाँ र २० वटा क्रमाङ्गत योजना लागु भएका छन् । ती मध्ये १८ योजनाको सम्झौता गरिसकेको र ७ वटाको बाँकी रहेका छन् इन्जिनियर जोशीले भने ‘प्रत्येक बर्ष नयाँ योजना थपिएका हुन्छन्, पुराना योजनाहरुको रकम पनि घटेर नयाँ योजनाहरुमा थपिन्छ, बजेट घटेपछि क्रमाङ्गगत योजनाहरु लम्बीने गरेको हो ।’

बजेटको निश्चित सीमा हुन्छ, नयाँ सरकार फेरीने बेला योजनाहरुपनि नयाँ बनेर आउँदा बजेट अभावका कारण पुराना क्रमाङ्गगत योजनाहरु प्रभावित बन्ने गरेका हुन् । सामान्यतया तीन बर्षको अवधीमा क्रमाङ्गत योजनाहरु सम्पन्न गर्नु पर्ने भएपनि ती योजनाहरुमा बजेट सानो सानो बजेट आइरहेकाले योजना सम्पन्न हुन नसकेको हो । 

१२ गाविस भवन निर्माण गरिए, ६ वटा निर्माणधिन अवस्थामा, १३ गाविस भवन निर्माण गर्न बाँकी ।।

नेपाल सरकार शान्ति तथा पर्नुनिर्माण मन्त्रालयले शसस्त्र द्वन्दका बेला भएको क्षतिको पुनर्निमाण तथा पुर्नस्थापन गरिरहेको छ । दार्चुला जिल्लामा द्वन्दका क्रममा क्षती पुगेका दार्चुला जिल्लाका ३१ वटा गाविसहरुमध्ये हालसम्म १२ वटा गाविस भवन निर्माण सम्पन्न भएका छन् भने ६ वटा गाविस भवन निर्माणाधिन अवस्थामा रहेका छन् । 

आर्थिक बर्ष २०६५/६६ बाट लागु भएको पुर्ननिर्माण तथा पुर्नस्थापन कार्यक्रम अन्तरगत दार्चुला जिल्लाका हिकिला, खरकडा, लाली, शंकरपुर, हुनैनाथ, गोकुलेश्वर, धाप, ग्वानी, ब्रह्मदेब, इयरकोट, तपोवन र सिप्टी गाविस भवन निर्माण सम्पन्न भएका छन् । त्यसैगरी लटिनाथ, गुल्जर, धारी, शिखर, खार, र पीपलचौरी गाविस निर्माणाधिन अवस्थामा रहेका छन् भने अझै द्वन्दकालमा क्षती भएका १३ गाविस भवन पुनर्निमाण गर्न बाँकी रहेको जिल्ला प्राविधिक कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी