बैशाख ५, नवलपरासी
। नवलपरासीको दाउन्नेमा एक २८ बर्षिय पुरुषले आफ्ना २ छोराको हत्या गरी आफुले पनि आत्महत्या
गरेका छन् । दुई दिन अघि श्रीमतिसंग झगडा गरेर घरबाट निस्केको नवलपरासीको देवचुली नगरपालिका १ निवासी २८
बर्षीय प्रताप कुमालले आफ्ना दुई छोराको घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन्
।
आईतबार बिहान प्रताप कुमाल मृत भेटिएका इलाका
प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । प्रहरीका अनुसार उनले आफ्ना ११ बर्षीय छोरा प्रतिक कुमाल र ९
बर्षीय छोरा एन्जल कुमाललाई घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।