Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 11, 2017 मुगु - MG, समाज

निकुन्ज संरक्षण अधिकृतको क्वाटरमा आगलागी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/माघ २९, मुगु । गयराति रारा राष्टिय निकुन्जको अधिकृत क्वाटरमा शनिबार विहान ४ बजे आगलागी हुँदा लाखौको क्षती भएको छ ।

४ कोठे उक्त भवनमा विहानै आगलागी भएपछि निकुन्ज सुरक्र्षात बसेको दुर्गा भन्जन गुल्मका पहरेदार नेपाली सेनाका जवानहरुले आपतकालिन संकेत गरेपछि निदा्रमा रहेका गुल्मका अन्य जवानहरु जागेका थिए । लगतै आगलागी भैरहेको ५ मिनेट दुरीमा रहेको क्वाटरमा उनीहरु पुगेका थिए ।

लामो समयको प्रयास पछि आगो नियन्त्रणमा आएपनि भवन पुर्ण रुपमा ध्वस्त भएको निकुन्ज कार्यालयका खरिदार मन बहादुर थापाले जानकारी गराए । निकुन्ज कार्यालयको आधा भन्दा बढी काम अधिकृत ज्यू कै क्वाटरमा हुन्थ्यो, कर्मचारीका व्यक्तिगत फाईल,महत्वपुर्ण कागजात तथा विधुतिय उपहरणहरु ल्यावटप, प्यास मेसिन, फोटोकपी मेसिन, पिन्टर ,डेस्टप कम्पूटर सबै उक्त भवन मै थिए सबै जलेर खरानी भए । खरिदार थापाले बताए ।

संरक्षण अधिकृत जिल्लामा नभएकाले उक्त क्वाटरमा रेन्जर लक्ष्मी धिताल सुतेका थिए । राती अकस्मात आगलागी भयो । नेपाली सेनाले हल्ला गरेपछि आफु व्युझिदा आगो दन्किदै थियो । झयाल फोर बाहिर निस्किए । रेन्जर धितालले भने ।

जिल्ला सदरमुकाम बाट घटना स्थलमा पुग्न ३ घण्टा लाग्ने भएपछि विहानै रारा विमान स्थल सुरक्षर्थ खटिएको नेपाल प्रहरी मुचुल्का उठाउन घटना स्थलमा पुगेको थियो । प्रहरीका अनुसार भवन सहित ५३ लाख भन्दा बढीको आगलागीबाट क्षती भएको छ ।

घना जंगलको छेउमै रहेको भवनमा आगलागी भएपनि नेपाली सेनाले समय मै नियन्त्रणमा लिदा वनमा आगो सल्किन पाएन यदी वन मै आगोले टिपेको भए पुरै निकुन्जको वन सखाप हुन्थ्यो । खरिदार थापाले भने ।

एका विहानै भवनमा कसरी आगलागी भयो त्यो अनुसन्धान मै रहेको प्रहरीले बताएको छ भने एक बर्ष यता निकुन्जले वन संरक्षणमा कडाई गरेको र केहि व्यक्तिहरुलाई कानुनी कठगरामा समेत पुराएकाले कार्यालयमा रहेका महत्वपुर्ण कागजात ध्वस्त गर्न पनि कसैले आगो लगाएको हो भन्नने आशंका गरिएको छ ।