बैशाख
७, नवलपरासी । नवलपरासीको कावासोतीमा गएको चैत १८ गते १३ वर्षिया बालिकालाई बलात्कार गर्ने
अर्का एक जना ओरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार नवलपरासीको थकालीचोकबाट २७ बर्षिय
विनोद गुरुङलाई प्रक्राउ गरेको हो । उनलाई हिडिरहेको अवस्थाबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यालय
नवलपुरले जनाएको छ ।
१३ बर्षिया एक
बालिकालाई तिन जनाको समुहले बलात्कार गरेर फारार रहेका थिए । गुरुङ सोमवार घर आएको र लुकीछिपी बसेको
भन्ने सुचनामा प्रहरीले थकालीचोक बाटै प्रक्राउ गरेकोे हो । अहिले गुरुङलाई मुद्धा दर्ता गरेर जिल्ला
प्रहरी कार्यालय परासी पठाइएको छ ।
घटनाका मुख्य अभियुक्त
कृष्णमहतोलाई प्रहरीले बिराटनगरबाट पक्राउ गरीसकेको छ । आरोपित अझै एकजना लाई प्रहरीले खोजीकार्य
गरीरहेको छ ।