गोपिकृष्ण चापागाई/ बैशाख ७, नवलपरासी
। नवलपरासीमा एक युवकले आफ्नै शरीरमा आफैले आगो लगाएका छन् । देवचुली नगरपालिका–१२ का २५
बर्षिय रामु भुसालले आफ्नो शरीरमा आफैले आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका भुसालको शव परीक्षणपछि परिवारलाई
बुझाईसकिएको छ । उनको शब बुबा कृष्ण प्रसाद भुसाललाई सुम्पिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले
साझासबाललाई बताएको छ । भुसालले घर नजिकैको खोलाको छेउमा गएर शरिरमा आगो लगाएका थिए । उनले शरीरमा आगो
लगाउँदा के प्रयोग गरेका थिए भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।
-file photo