पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/0973f550a663349c3531267c2b3300af1486886635.jpg" style="width: 500px; float: left;"><b>फागुन १ , जनकपुर ।</b> नयाँ शक्ति नेपालका पार्टी अध्यक्ष डा. बाबुराम भटटराईले सिके राउत र केपी शर्मा ओली एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । <br></p><p>जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले मधेसमा देखिएको असन्तुष्टिलाई केपी ओलीले सम्बोधन गर्न नसक्दा मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । भट्टराईले केपी ओलीकै कारण सिके राउत प्रवृत्ति हावी हुँदै गएको आरोप लगाए । उनले ओली र राउत दुवैको सोच एकै खालको भएको भन्दै मुलुकमा उनीहरुकै कारण अतिवादी चिन्तन हावी भएको बताए ।</p><p>भट्टराईले संविधान संशोधनमा सकारात्मक टिप्पणी दिँदै अहिलेकै परिस्थितिमा स्थानिय चुनाव गर्न नहुने धारणा व्यक्त गरे । </p>

