१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्लामा पहिलो पटक निजी क्लिनिकबाट दन्त उपचार सम्बन्धी सचेतना अभियान सञ्चालन

१ फाल्गुन २०७३, आईतवार १५:२६


प्रकाशचन्द्र बुढाऐर | फाल्गुन १, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पहिलो पटक नीजि क्लिनिकबाट जनस्वास्थ्यको क्षेत्रमा टेवा पुगाउने हेतुले दन्त उपचार तथा सुरक्षा सम्बन्धी सचेतना अभियान सुरु गरिएको छ ।

सदरमूकाम बागबजार स्थित शिखर डेन्टल क्लिनिक प्रा.लि. शाखा डडेल्धुराले निजी लगानीमा जनस्वास्थ्यको क्षेत्रमा सरोकार राख्दै गत माघ २७ गतेबाट स्वास्थ्यकर्मीको सहयोगमा विभिन्न विद्यालयहरुमा गएर दन्त स्वास्थ्य शिक्षा सम्वन्धि सचेतना अभियान सुरु गरेको हो । हरेक बर्ष दन्तरोगीहरुको संख्या बढ्दै गएकाले रोग लाग्नुपूर्व अपनाउनु पर्ने सावधानी र रोगको समयमै पहिचान तथा औषधोउपचार सम्वन्धि चेतना दिने उद्देश्यले अभियान सुरु गरिएको शिखर डेन्टल क्लिनिक प्रा.लि.का प्रवन्ध निर्देशक मोहन देउवाले बताए । स्वास्थ्य सम्वन्धीको छुट्टै रोचक विषय प्रसंगमा सचेतना अभियान भएकोले विद्यालयहरुका तर्फबाट शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सकारात्मक प्रतिक्रिया आइरहेको प्रवन्ध निर्देशक देउवाले बताए । खास गरेर मुखको सरसफाईमा केन्द्रित रहेर दाँतको सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई चेतना दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको देउवाले बताए । दन्त स्वास्थ्यका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै स्वस्थ्य दाँत, गिजा र मुखले मानिसलाई सधैँ स्वस्थ राख्ने हुदाँ पिडित वर्ग र समुदाय त्यस तर्फ संवेदनशील बन्नु जरुरी रहेको स्वास्थ्यकर्मी समेत रहेका देउवाले बताए ।

शिखर डेन्टल क्लिनिक प्रा.लि. कैलालीले सुदूरपश्चिमका विभिन्न जिल्लामा आफ्नो शाखा सञ्चालनमा ल्याएर लामो समयदेखी विरामीलाई सेवा दिदै आएको छ ।  क्लिनिक प्रा.लि.ले अहिलेसम्म बैजनाथ मा वि मौरडा, सहस्रलिङ्ग उमावि राई र घटाल उमावि नुवाकोटमा मुखको सरसफाई सम्वन्धी महत्वपूर्ण सचेतनात्मक कक्षाहरु सञ्चालन गरिसकेको छ । आगामी दिनमा पनि विभिन्न क्षेत्रका विद्यालयमा गएर विद्यालय बालवालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने र जिल्लाका प्रत्येक गाविसमा निशुल्क दन्त शिविर सञ्चालन गर्ने योजना रहेको डेन्टल क्लिनिक प्रा.लि.का प्रबन्ध निर्देशक देउवाले जानकारी दिए ।

निजी क्षेत्रबाट हुने एकल प्रयासले मात्रै सवथोक हुन नसक्ने भएकोले यो अभियानमा सरोकारवाला सवैले सरिक हुनु जरुरी देखिएको छ । मुख तथा दन्त स्वास्थ्यमा समयमै सचेत हुनसकेमा गिजा पाक्ने, दाँत झर्ने समस्या तथा त्यसले मुखमा गराउन सक्ने क्यान्सरको खतरा समेतबाट बच्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन