२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा स्थानिय निकायबाट प्रबाह गरिने सेवाहरु अनिश्चित कालिन बन्द हुने

२ फाल्गुन २०७३, सोमबार ०६:०२

नन्दराम जैशी/फागुन २, जुम्ला । जुम्लामा आजदेखि स्थानिय निकायबाट प्रबाह गरिने सेवाहरु अनिश्चित कालिन बन्द हुने भएका छन । 

स्थानिय निकायमा कार्यरत कर्मचारीले अघि सारेका माग तथा मुद्धाहरुको हाल सम्म पनि सम्बोधन नभएको भन्दै आजबाट अनिश्चित रुपमा स्थानिय निकायमा गरिने कामकाज ठप्प पारिने बताइएको छ । स्थानिय निकाय अन्तरर्गत गाविस, जिविस र नगरपालिकाले भोलीबाट कुनै पनि सेवा प्रबाह नगर्ने, निजामती कर्मचारीहरुले चलाउने सवारी साधानमा रोक लगाउने र स्थानिय निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय भवन प्रबेशमा समेत निषेद गरिने लगायतका निर्णय गरिएको स्थानिय निकाय कर्मचारी संघ नेपाल जुम्लाले जनाएको छ ।         

 स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण यता स्थानिय निकायको काम प्रभावित भएको छ । 

गाविस, नगरपालिका र जिविसको काम प्रभाविति भएपछि सेवाग्राही पनि समस्यामा परेका छन् । एउटै निकायमा काम गर्ने कर्मचारीहरु बिच गरिएको बिभेदीपुर्ण व्यवहार अन्याय पुर्ण रहेको भन्दै बाध्य भएर दैनिक कार्य सम्पादन बन्द गर्न लागिएको आन्दोलन समितिका संयोजक लक्ष्मीचन्द्र न्यौपानेले बताउनु भयो । 

स्थानिय निकाय कर्मचारी संघ नेपालका अनुसाशन आयोगका केन्द्रिय सदस्य क्षेत्र बहादुर बुढ्थापाले कार्य दक्षता र अनुभवको आधारमा कर्मचारी समायोजन गरिनु पर्ने भन्दै यो कार्यमा केन्द्र स्तरका सचिवहरुले आलटाल गरेको प्रति स्थानिय निकाय कर्मचारीहरुको आपत्ती रहेको बताउनु भयो ।   

 आफ्ना माग तथा मुद्धाहरुको यथाशिग्र सम्बोधन नभए स्थानिय निकाय टेड्र युनियन संयुक्त समन्वयन समिति काठमान्डौले जारी गरेका आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिईने समेत बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन