Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जुम्लामा स्थानिय निकायबाट प्रबाह गरिने सेवाहरु अनिश्चित कालिन बन्द हुने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/फागुन २, जुम्ला । जुम्लामा आजदेखि स्थानिय निकायबाट प्रबाह गरिने सेवाहरु अनिश्चित कालिन बन्द हुने भएका छन ।

स्थानिय निकायमा कार्यरत कर्मचारीले अघि सारेका माग तथा मुद्धाहरुको हाल सम्म पनि सम्बोधन नभएको भन्दै आजबाट अनिश्चित रुपमा स्थानिय निकायमा गरिने कामकाज ठप्प पारिने बताइएको छ । स्थानिय निकाय अन्तरर्गत गाविस, जिविस र नगरपालिकाले भोलीबाट कुनै पनि सेवा प्रबाह नगर्ने, निजामती कर्मचारीहरुले चलाउने सवारी साधानमा रोक लगाउने र स्थानिय निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय भवन प्रबेशमा समेत निषेद गरिने लगायतका निर्णय गरिएको स्थानिय निकाय कर्मचारी संघ नेपाल जुम्लाले जनाएको छ ।

स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण यता स्थानिय निकायको काम प्रभावित भएको छ ।

गाविस, नगरपालिका र जिविसको काम प्रभाविति भएपछि सेवाग्राही पनि समस्यामा परेका छन् । एउटै निकायमा काम गर्ने कर्मचारीहरु बिच गरिएको बिभेदीपुर्ण व्यवहार अन्याय पुर्ण रहेको भन्दै बाध्य भएर दैनिक कार्य सम्पादन बन्द गर्न लागिएको आन्दोलन समितिका संयोजक लक्ष्मीचन्द्र न्यौपानेले बताउनु भयो ।

स्थानिय निकाय कर्मचारी संघ नेपालका अनुसाशन आयोगका केन्द्रिय सदस्य क्षेत्र बहादुर बुढ्थापाले कार्य दक्षता र अनुभवको आधारमा कर्मचारी समायोजन गरिनु पर्ने भन्दै यो कार्यमा केन्द्र स्तरका सचिवहरुले आलटाल गरेको प्रति स्थानिय निकाय कर्मचारीहरुको आपत्ती रहेको बताउनु भयो ।

आफ्ना माग तथा मुद्धाहरुको यथाशिग्र सम्बोधन नभए स्थानिय निकाय टेड्र युनियन संयुक्त समन्वयन समिति काठमान्डौले जारी गरेका आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिईने समेत बताइएको छ ।