2026-10-15 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्वास्थ्य संस्थामा अभाव देखिएको औषधि बितरण गर्ने डिएचओको तयारी

नन्दराम जैशी/फागुन २, जुम्ला । जुम्लाका स्वास्थ्य संस्थाहरुमा अभाव देखिएको औषधि जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले बितरण गर्ने भएको छ । 

हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधि स्वास्थ्य संस्थाकै मागका आधारमा बितरण गर्ने तयारी भएको हो । स्वास्थ्य संस्थाको मागका आधारमा सकेसम्म अबको एक हप्ताभित्र औषधि बितरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।  

 आइतबार पत्रकार सम्मेलन मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको औषधि सार्वजनिक गर्दै नेपाल सरकारद्धारा बितरीत ४२ प्रकारका निशुल्क औषधि प्राप्त भएको जनाइएको छ । साथै जिल्लाका सबै स्वास्थ्य संस्थालाइ आफ्नो संस्थामा अभाव देखिएको नेपाल सरकारद्धारा बितरीत औषधि जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी बुझेर लिन पनि अनुरोध गरीएको छ ।

 सार्वजनिक गरीएका ४२ प्रकारका औषधि ८८ वटा काटुन रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रम फोकल प्रशन किरण शर्माले बताउनुभयो । २५ लाख ९३ हजार टेण्डर आह्रावनमा घटिघटाउद्धारा १० लाख २१ हजारको टेण्डर परेपछि कृष्ण इन्टरनेशनल नेपालगंजले औषधि आयात गरीरहेको उहाले जानकारी दिनुभयो । यस्तै क्षेत्रिय मेडिकल स्टोर नेपालगंजबाट ४७ प्रकारका औषधि तथा सर्जिकल सामाग्रि जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा प्राप्त भएको स्टोर किपर गोविन्द खनालले बताउनुभयो ।

 जसमा १ सय ५० काटुन बच्चाको तयारी खाना सहित जम्मा ३ सय ७८ काटुन औषधि प्राप्त भएको उहाले जानकारी दिनुभयो । जुम्ला जिल्लाका लागि आवाश्यक बार्षिक औषधिको २० प्रतिशत औषधि जिल्ला स्वास्थ्य कार्यालयले खरीद गर्ने र बाँकि सबै औषधि नेपाल सरकारले अनुदानमा दिने गरेको जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले बताउनुभयो । पत्रकारसँग अन्र्तक्रिया गर्दै कार्यालयले हाल जुम्लामा औषधिको अभाव नभएको बताएको छ ।  

 जुम्लामा संचालित ३० वटा स्वास्थ्य चौकि, एउटा प्राथामिक स्वास्थ्य केन्द्र, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र एउटा शहरी स्वास्थ्य केन्द्रमा हाल औषधिको अभाव नभएको जनस्वास्थ्य अधिकृत झाले जानकारी दिनुभयो । 

जिल्लाका स्वास्थ्य चौकिद्धारा ३५ प्रकारका र प्राथामिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि सेवाग्राहि बिरामिलाइ निशुल्क बितरण भैरहेको कार्यालयले बताएको छ । जिल्लामा औषधिको अभाव नभएका कारण स्वास्थ्य संस्थामा आउने बिरामिलाइ सेवा प्रवाह गर्न समस्या नभएको भन्दै कार्यालयमा औषधि मौज्दात रहेको बताइएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो