फागुन २, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । 

सरकारले गत मङ्सिरदेखि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । 

सरकारले गत मङ्सिरदेखि "/>

2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा गर्भपतन गर्ने किशोरीको सङ्ख्या यसरी बढ्यो

फागुन २, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । 

सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । 

असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताउनुभयो । विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भन्नुभयो । 

किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्य बताउनुहुन्छ । किशोरी शिक्षाले उनीहरुलाई धेरै सचेत बनाएको भए पनि जिल्लाभर यो कार्यक्रम नभएका कारण सीमित ठाउँमा मात्र यसको प्रभाव देखिएको छ । 

जिल्लाका विभिन्न आठ गाविसमा किशोरी शिक्षा सञ्चालन भएको तथा ती गाविसमा बाल विवाहको दर समेत घट्दै गएको महिला तथा बालबालिका अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिनुभयो । ५६ प्रतिशत रहेको बाल विवाहदर अहिले ४५ प्रतिशतमा झरेको छ आचार्यले भन्नुभयो । 

चेतनाको अभावका कारण सानैमा विवाह गर्ने तथा गर्भपतन गराउने देखिएको हुँदा जिल्लाभर यसको रोकथामका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । 

जिल्लाको सुलिचौर, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट निःशुल्क गर्भपतन सेवा सञ्चालन हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई