१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पूर्व मन्त्रीद्वारा सुलिचौरमा १५ लाख बराबरको जग्गा दान

२ फाल्गुन २०७३, सोमबार ११:१४

फागुन २, रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई १५ लाख बराबरको जग्गा दान गर्नुभएको छ । 

मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खानेपानी सरसफाइ तथा स्वच्छता योजनाअन्तर्गत छ कोठे आधुनिक अपाङ्गमैत्री शौचालय निर्माण गरिनेछ । पछि माथिल्लो तला निर्माण गरी उपशाखा कार्यालय स्थापना गरिने छ । 

पूर्व मन्त्री घर्तीमगरले सधैँ सेवा भावले कटिबद्ध रहने र पीडितको उद्धारमा खटिरहने रेडक्रसप्रेमीका लागि आफूले जग्गा दान गर्न पाउँदा खुसी अनुभव गरेको प्रतिक्रिया दिनुभएको छ । 

पूर्व मन्त्री घर्तीले यसअघि सुलिचौर रोल्पामा शव गृह निर्माणका लागि खोला किनारमा एउटा घडेरी र इलाका प्रहरी कार्यालय, सुलिचौरमा रोल्पा एउटा घडेरी गरी दुईवटा घडेरी दान गरिसक्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन