१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका स्वास्थ्यकर्मी आन्दोलित

२ फाल्गुन २०७३, सोमबार १६:४८

पहिलाद राना | फागुन २, कञ्चनपुर | विभिन्न माग र पद अनुसार जिम्मेबारीको माग राख्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका लगायत देशैभरीका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । विभिन्न राजनीतिक दलमा आबद्ध स्वास्थ्यकर्मी संघ संगठनले पद अनुसार जिम्मेबारीको माग राख्दै सोमबारदेखि देशैभरीका सबै सरकारी स्वास्थ्य संघ संस्थामा सेवा बन्द गरेका हुन् ।

 नेपाली काँग्रेस निकट नेपाल स्वास्थ्य कर्मचारी संघ, नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मचारी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको अगुवाईमा आन्दोलन गरिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन २०५३ को दफा (ख) बमोजिम जिम्मेबारीको माग राख्दै आफ्नो नियमित कामकाज समेत ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । स्वास्थ्य क्षेत्रमा क्रियाशिल टे«ड यूनियनको संयुक्त जिल्ला सघर्ष समितिका प्रवक्ता उमाकान्त झाले पद अनुसार जिम्मेबारी नदिदा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रेको बताए । ‘हामीलाई पद दिईयो, तर जिम्मेबारी दिएको छैन्, ‘उनले भने, ‘जिल्लाका सबै स्वास्थ्य संस्था बन्द गरेका छौँ ।’ आकस्मिक सेवा बाहेक राष्ट्रिय स्तरबाट हुने अभियान, तालिम, गोष्ठी तथा नियमित कामकाज ठप्प पारिएको उनले बताए । आन्दोलनमा उत्रेका अर्का स्वास्थ्यकर्मी लोकेन्द्र भट्टले आफुहरुको आन्दोलनमा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको कार्यक्रम ठप्प पारिएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले फागुन १ गतेदेखि संचालन गर्ने भनिएको ६ दिने स्वास्थ्य कार्यकर्ता तालिम समेत आन्दोलनरत स्वास्थ्यकर्मीले रोकेका छन् ।

 माग पुरा नभए सम्म राष्ट्रिय पोलियो खोप कार्यक्रम र हात्तिपाईले कार्यक्रम समेत प्रभावित पार्ने आन्दोलनरत स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मचारी संगठन ७नम्बर प्रदेशका संयोजक तथा संघर्ष समितिका जिल्ला संयोजक पंकज रावलले जिम्मेबार तहबाट कर्मचारी विच फुट ल्याउने र लडाउने काम गरेर स्वास्थ्य क्षेत्रमा अनावश्यक बखेडा झिकेको टिप्पणी गर्नुभयो । दिएको अधिकार अनुसार कामको समेत जिम्मेबारी दिनुपर्नेमा उनले जोडदिए । आन्दोलनका कारण कञ्चनपुरका सर्वसाधारण उपचारका लागि सरकारी स्वास्थ्य संस्था आएर फर्किएका छन् । सर्वसाधारण उपचारका लागि निजी अस्पतालमा गएर उपचार गर्न बाध्य छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले भने स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका बरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले नीतिगत माग भएको बताए । ‘आफुले उनीहरुको आन्दोलनबारे माथिल्लो निकायमा जानकारी गराएको छु, ‘उनले भने, ‘देशप्यापी आन्दोलन भएका कारण पनि जिल्लातहबाटै समस्या समाधान गर्न सकिदैन् ।’ कञ्चनपुरमा विभिन्न ४४ सरकारी स्वास्थ्य संस्थाबाट सेवा दिदै आएको छ ।

 आन्दोलनरत स्वास्थ्यकर्मीहरुले भने बार्ता गरेर माग पुरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन