बैशाख १०, नवलपरासी । यतिखेर तराई जिल्लामा अन्य ठाउँभन्दा
बढी नै गर्मि हुन थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । नवलपरासी लगायतका जिल्लाहरुमा गर्मि बढ्दै गएपछि
स्थानियबासीहरुको दैनिकी कार्यमा समस्या आएको छ ।
नवलपरासीको कावासोती नगरपालीका बासिन्दा सुशिल दुबेका अनुसार दिनहुँ गरीने कार्य गर्न पनि कठिनाई
भएको बताउँछन् । “केहिदिन यता गर्मि अत्यधिक बढेको छ, बाहिर निस्कन गाह्रै छ”, दुबेले भने ।
त्यस्तै नवलपरासीको मध्यबिन्दु नगरपालीकाकी किसान खगिसरा लम्सालले पनि गर्मिले गर्दा दैनिक
क्रियाकलापमा समस्या आएको बताइन् । “किसानहरुलाई बिहान दिउँसो बेलुका नभनी घाँस दाउरा गर्नुपर्छ, गर्मि
साह्रै छ, गाह्रो छ”, लम्सालले भनीन् ।
तस्बिरः नवलपरासीको मध्यबिन्दु नगरपालीका/साझासबाल