फागुन ३, भक्तपुर । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, भक्तपुर । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राध"/>

2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा बिधुत चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएको सामुहिक गिरोह पक्राउ

फागुन ३, भक्तपुर । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले तीन दिनको प्रयासपछि सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति एकेडेमी नजिकैको टोलबासीले विद्युत् चोरी भइरहेको सूचना दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीको सहयोगमा विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् चोरी भएको स्थानबाट चोरीमा प्रयोग भएको पानी तान्ने मोटर, तार र अन्य सामग्री नियन्त्रण लिने क्रममा अवरोध गरेपछि महानगरीय प्रहरी वृत्त जगातेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कान्छा तमखु, लक्ष्मीप्रसाद प्रजापति, रत्नकाजी मानन्धर रहेका छन् । तकोपली खानेपानी उपभोक्ता समितिका अन्य पदाधिकारी फरार छन् । 

खानेपानी उपभोक्ता समिति गठन गरेर प्रति घरधुरी रु दुई हजार ५०० प्रतिमहिना शुल्क लिएर पानी वितरण गर्दै आएको उक्त उपभोक्ता समूहले १४ वटा पोलबाट ५०० मिटर पर तार लगेर विद्युत् चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । 

विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाका प्रमुख विक्रम अमात्यले हुक हालेर १४ वटा पोल पार गर्दै जमिन मुनीको पानी चोरीको विद्युत्बाट तानेर वितरण गर्दै आएको तीन दिनको अनुगमनबाट खुलेको बताउनुभयो । अमात्यले भन्नुभयो, “खानेपानी उपभोक्ता समिति नै गठन गरेर लामो समयदेखि मिटर जडान नगरी विद्युत् चोरी गरेर जमिन मुनीको पानी दोहन गर्दै पानी वितरण गरेको पायौँ, चोरीमा प्रयोग भएका सामाग्री नियन्त्रण लिन खोज्दा अवरोध गर्न आएपछि पक्राउ गरिएको हो ।” 

प्राधिकरणले समितिलाई क्षतिपूर्ती र जरिवाना गरी रु दुई लाख ५२ हजार १०० निर्धारण गरिएको बताउँदै उहाँले रकम भुक्तानी गरेपछि पक्राउ परेकालाई छाडिने पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई