नन्दराम जैशी/फागुन ३, जुम्ला । जुम्लाका स्थानिय निकाय कर्मचारीले गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । स्थानिय निकायबाट प्रबाह हुने से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/फागुन ३, जुम्ला । जुम्लाका स्थानिय निकाय कर्मचारीले गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । स्थानिय निकायबाट प्रबाह हुने से"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा स्थानिय निकायबाट प्रबाह हुने सेवा अनिश्चितकालिन बन्द

३ फाल्गुन २०७३, मंगलवार ०३:५२


नन्दराम जैशी/फागुन ३, जुम्ला । जुम्लाका स्थानिय निकाय कर्मचारीले गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । स्थानिय निकायबाट प्रबाह हुने सेवा अनिश्चितकालिन बन्द गर्दै सोमबारदेखि गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका हुन् ।

 सेवाग्राहि मर्कामा

 स्थानिय निकायमा कर्मचारी समायोजन प्रक्रिया बिभेदपुर्ण रहेको भन्दै माग सम्बोधन नहुन्जेल सम्म स्थानिय कर्मचारी संघ नेपाल जुम्लाले स्थानिय निकायबाट प्रवाह गरिने सेवा ठप्प पार्दा स्थानिय निकायका सेवाग्राहि मर्कामा परेका छन् । 

स्थानिय निकाय अन्तरर्गत जुम्लाका गाविस, जिविस र नगरपालिकामा विभिन्न काम लिएर जाने सेवा ग्राहिहरु सोमबार कार्यालय बन्द भएपछि रित्तोहात घर फर्केका थिए । यस्तै जिल्लाका गाविसहरुबाट प्रवाह हुने सेवा ठप्प भएपछि सबै गाविसका हजारौ सेवाग्राहि मर्कामा परेका छन् । 


सोमबार रारालिहि गाविस ७ का नैसर सार्कीले आफु जिविसमा भौतिक निमार्ण आयोजनाको भुक्तानी लिन गएपछि कार्यालय बन्द हुदाँ काम हुन नसकेको गुनेसो ब्यक्त गर्नुभयो । स्थानियलाई बिना जानकारी गरिएको अनिश्चितकालिन बन्दले आफु लगायत अन्य सेवाग्राहि हरु समेत मर्कामा परेको सार्कीको तर्क छ । सोमबार मात्र जिविसबाट प्रवाह गरिने विभिन्न सेवा लिन गएका झण्डै २ सय बढि सेवाग्राहिहरु बन्दका कारण प्रभावित भएको आन्दोलन परिचालन समितिका संयोजक लक्ष्मीचन्द्र न्यौपानले स्वीकार्नुभयो ।

 नगरपलिकाको दैनिक कार्य सम्पादन प्रभावित   

 बन्दको कारण यता नगरपलिकाको पनि दैनिक कार्य सम्पादन प्रभावित भएको छ । नगरपालिकामा स्थानियहरु सेवा लिन सयौको संख्यामा गएपनि सबै सेवा नपाएर फर्किएका छन् । बन्दले गर्दा जिविसबाट दैनिक गरिने योजना सम्झौता, लागत स्टमेट, संस्था नविकरण तथा दर्ता, राजश्व संकलन लगययत मन्त्रालय देखि स्थानिय स्तर सम्म हुने आर्थिक तथा प्रशासनिक कार्य ठप्प हुदाँ सेवा ग्राहि मर्कामा परेका हुन् । 

यस्तै नगरपालिकाबाट दैनिक हुने पन्जीकरण अन्तरर्गतका सेवा, विभिन्न सिफारिस, नक्सापास, सम्पत्ति मुल्यांकन जस्ता कार्यहरु नहुदा धेरै सेवाग्राहिलाई समस्या भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माका अनुसार आजमात्रै ३ सय भन्दा बढि नगरबासी दैनिक पाउने सेवाबाट प्र्रभावित भएको बताइएको छ ।   

 सवारी नियन्त्रण, के के छन् त माग, मुद्धाहरु     

आन्दोलन परिलाचन समिति जुम्लाले कार्यालय तालाबन्दी गरी जिविस र नगरपालिकामा कार्यालय प्रयोजनका लागि राखिएका सवारी साधानहरु स्थानिय विकास अधिकारी र कार्यकारी नगरअधिकृतलाइ प्रयोग गर्न दिएको छैन ।

आफ्ना सान्र्दभिक माग तथा मुद्धाहरु सम्बोधन नभएसम्म बन्द हड्ताल तथा आन्दोलनका कार्यक्रमहरु जारी राख्ने स्थानिय निकाय कर्मचारी संघ नेपालका अनुसाशन आयोग केन्द्रिय सदस्य क्षेत्र बहादुर बुढ्थापाले बताउनु भयो । सेवा प्रवाहमा पर्न गएको असुविधा प्रति आन्दोलन परिलाचन समितिले क्षमाआचना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा