फागुन ३, रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छा"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा छाला डोकाको व्यवसाय फस्टाउँदै

२०७३, ३ फाल्गुन मंगलवार ११:०३


फागुन ३, रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उहाँको व्यस्तता बढेको हो 

जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन वटासम्म डोको बनाउन सकिने बुढामगर बताउनुहुन्छ । प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ । 

छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उहाँ बताउनुहुन्छ । बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उहाँ रोजगारीका लागि कुबेत पुग्नुभयो । सोचेअनुसारको कमाइ नभएपछि उहाँ घर फर्कनुभयो । 

बुढामगरले ललितपुरको इँटाभट्टामा मजदुरी गरेर स्नातकसम्म अध्ययन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमका लागि निरीक्षकका रुपमा नियुक्त भएपछि उहाँ रोल्पा फर्कनुभयो । “मासिक रु ७०० पारिश्रमिकमा काम गर्नथाले, फिल्डमै हिँड्दाहिँड्दै सबै रकम सकिन थाल्यो,” उहाँले भन्नुभयो । 

श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उहाँले लिबाङमा २०५७ सालदेखि मासु पसल सञ्चालन गर्नुभयो । उहाँले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाल्नुभयो । “पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ,” उहाँले भन्नुभयो । 

उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । “छोराछोरीले यही व्यवसायको आम्दानीले उच्च शिक्षा हासिल गरेका छन्,” बुढामगरले भन्नुभयो । उहाँले हाल लिबाङमा चार रोपनी जग्गा समेत किन्नु भएको छ । उहाँले आफ्नै लगानीममा बधशाला निर्माण गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गर्नुभएको छ । 

जिल्ला पशुसेवा कार्यालयले उहाँको कामको मूल्याङ्कन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । 

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा निमबहादुर सिंहका अनुसार राँगा तथा भैँसी काट्न लिबाङमा दुईवटा, सुलिचौर र घर्तीगाउँमा एक÷एकवटा बधस्थल तथा मासु पसल सञ्चालनमा रहेका छन् । उनीहरुले छालाको डोको समेत बनाउँदै आएका र कार्यालयले सो सम्बन्धी तालिम समेत प्रदान गर्दैआएको सिंह बताउनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ