फागुन ३, रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा छाला डोकाको व्यवसाय फस्टाउँदै

३ फाल्गुन २०७३, मंगलवार ११:०३


फागुन ३, रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उहाँको व्यस्तता बढेको हो 

जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन वटासम्म डोको बनाउन सकिने बुढामगर बताउनुहुन्छ । प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ । 

छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उहाँ बताउनुहुन्छ । बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उहाँ रोजगारीका लागि कुबेत पुग्नुभयो । सोचेअनुसारको कमाइ नभएपछि उहाँ घर फर्कनुभयो । 

बुढामगरले ललितपुरको इँटाभट्टामा मजदुरी गरेर स्नातकसम्म अध्ययन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमका लागि निरीक्षकका रुपमा नियुक्त भएपछि उहाँ रोल्पा फर्कनुभयो । “मासिक रु ७०० पारिश्रमिकमा काम गर्नथाले, फिल्डमै हिँड्दाहिँड्दै सबै रकम सकिन थाल्यो,” उहाँले भन्नुभयो । 

श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उहाँले लिबाङमा २०५७ सालदेखि मासु पसल सञ्चालन गर्नुभयो । उहाँले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाल्नुभयो । “पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ,” उहाँले भन्नुभयो । 

उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । “छोराछोरीले यही व्यवसायको आम्दानीले उच्च शिक्षा हासिल गरेका छन्,” बुढामगरले भन्नुभयो । उहाँले हाल लिबाङमा चार रोपनी जग्गा समेत किन्नु भएको छ । उहाँले आफ्नै लगानीममा बधशाला निर्माण गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गर्नुभएको छ । 

जिल्ला पशुसेवा कार्यालयले उहाँको कामको मूल्याङ्कन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । 

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा निमबहादुर सिंहका अनुसार राँगा तथा भैँसी काट्न लिबाङमा दुईवटा, सुलिचौर र घर्तीगाउँमा एक÷एकवटा बधस्थल तथा मासु पसल सञ्चालनमा रहेका छन् । उनीहरुले छालाको डोको समेत बनाउँदै आएका र कार्यालयले सो सम्बन्धी तालिम समेत प्रदान गर्दैआएको सिंह बताउनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य