भास्कर के.सी | फागुन ३, कञ्चनपुर | भि.न.पा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | फागुन ३, कञ्चनपुर | भि.न.पा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पञ्चकृति बैजनाथ माविको ३४ औ वार्षिक उत्सव सम्पन्न

३ फाल्गुन २०७३, मंगलवार १५:२५

भास्कर के.सी | फागुन ३, कञ्चनपुर | भि.न.पा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कक्षामा उत्तकृष्ट नतिजा प्राप्त गर्ने तथा विभन्न खेलकुदहरुमा पहिलो दोस्रो र तेस्रो आउने विद्यार्थीलाई प्रमाण पत्र तथा पुरुस्कार सहित सम्मानमा गरियो । 

विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम लगायत सन्देशमुलक नाटकहरु प्रस्तुतिकरण गरेका थिए । जसमा चौधरी थारु नृत्य, राना थारु नृत्य तथा सुदुरपश्चिमको लोकप्रिय नाच देउडा लगायत विविध सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

वि.व्य.स.अध्यक्ष धिरेन्द्र बहादुर महराको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुर जिल्ला क्षेत्र नं. ३ का सभासद बहादुर थापा रहनु भएका थिए । त्यसैगरी विशिष्ट अतिथिमा उदयदेव उच्च मा.वि.का प्र.अ. महेश्वर दत्त भट्ट,पञ्चकृति बै.मा.वि. बागफाँटाका भूतपूर्व अध्यक्ष मदनलाल चौधरी, नेपाली काग्रेस कञ्चनपुरका जिल्ला कोषाध्यक्ष शंकर चन्द र लक्ष्मी उ.मा.वि.नि. वर्तमान प्र.अ. जयदेव जोशी अतिथिमा ए.अ.ने.शि.सं केन्द्रिय सदस्य तथा कञ्चनपूर जिल्ला अध्यक्ष टेक बहादुर चन्द, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि हरिहर परियार, पञ्चकृति बैजनाथ मा.वि.का नि.वर्तमान प्र.अ. गणेश दत्त जोशी र नेपाली काग्रेस कञ्चनपुर सभापति धिरेन्द्र पाल रहनु भएको थियो । 

प्रमुख अतिथी सभासद थापाले विद्यालयको चौतर्फी विकासको लागि आफु सधै सहयोग गर्नका निम्ती तयार रहेको कुरा प्रतिवद्धता गर्नु भयो ।

उक्त कार्यक्रममा शैक्षिक प्रतिवेदन प्रस्तुत प्र.अ.गोविन्द सिंह पुजाराले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन धर्मा नन्द जोशीले गर्नु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य