बैशाख १४, नवलपरासी । नवलपरासीको देवचुली नगरपालीका,
प्रगतीनगरमा १ सय ८ बर्षिय बृद्धको निधन भएको छ । हिजो (सोमबार) प्रगतीनगर स्थित आफ्नै निबासमा अजुती
चापागाईको निधन भएको हो । उहाँको सोमबार नै अन्त्यष्टि गरीएको छ ।
बि.सं. १९६५ मा जन्मिएर ९५ बर्ष पहाडि जिल्लामै आफ्नै जीवन बिताउनु भएकी चापागाई पछिल्लो १३
बर्ष देखी तराईमा बस्दैआउनु भएको थियो । २ छोरा (नरभुपाल चापागाई, दुर्गा प्रसाद चापागाई) र २ छोरी
(लक्ष्मि चापागाई, खगिसर चापागाई) लाई जन्मदिनु भएकी उहाँसँग पछिल्लो समय कान्छा छोरा दुर्गा प्रसाद
चापागाई सँगै बस्दै आउनुभएको छ । कान्छा छोरा दुर्गा प्रसाद पनि अहिले ६८ बर्ष पुगिसक्नुभएको छ । उहाँको
जेठाछोरा र छोरीको भने मृत्यु भईसकेको छ ।
पछिल्लो तिनबर्ष देखी घरकै खाट बाट लडेर सामान्य घाईते हुनभएकी अजुती चापागाई हिडडुल गर्न
सक्नुहुन्थ्यो । पछिल्लो एकबर्ष देखी घरका सदस्य बाहेक अन्यलाई चिन्न समेत छोड्नु भएको कान्छो छोरा
तर्फका नाती गंगाराम चापागाईले बताउनु भयो । “घरका सदस्यलाई मात्र चिन्नुहुन्थ्यो, टाढा भएको मान्छेलाई
ठम्म्याउन सक्नुहुन्नथ्यो”, गंगारामले भन्नुभयो । नाती गंगारामका अनुसार हजुरआमा अजुतीले छोरा, नाती,
पनाती गर्दै अहिले सम्म १४० सन्तान देखिसक्नुभएको छ । उहाँले जेठी छोरी तर्फ पाँच पुस्ता र छोरा तर्फ ३
पुस्ता देखीसक्नुभएको थियो ।
तस्बिर /भिडियोः बि.सं. २०७२ सालको बिजया दशमीमा आफ्ना
सन्तानहरुलाई आर्शिवाद दिनुहुँदै अजुती चापागाई।
– तस्बिर/भिडियोः गोपिकृष्ण चापागाई/ साझासबाल