१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन सुधार मार्ग चित्र २०७३ घोषणा

५ फाल्गुन २०७३, बिहीबार ०६:४४

फागुन ५, चितवन । नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ । 

भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधवार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्ग चित्र घोषणा गर्नुभएको हो । 

नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई आधार मानेर नेपाली नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले प्रजिअ भट्टकै योजनाअनुसार चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको हो । 

जसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ भनिएको छ । घोषणा गर्दै प्रजिअ भट्टले यसलाई अभियानकै रुपमा लिन आग्रह गर्नुभयो । 

राजनीतिक दललगायत विभिन्न सरकारी गैरसरकारी निकायबीच सामूहिक प्रतिबद्धता, समन्वय गरी सेवा प्रवाह गर्ने, प्रभावकारी सेवाका लागि दबाब दिने, अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने र सेवालाई निगरानी बढाउन आह्वान गर्ने उद्देश्यले चितवन मार्ग चित्र २०७३ घोषणा गरिएको हो । 

जिल्लाको समग्र पक्षको सुधारका लागि सामूहिक प्रतिबद्धता आवश्यक भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार चितवन मार्ग चित्रमा सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्ने, विकास व्यवस्थापन, शान्ति सुरक्षा, प्रत्येक कार्यालयको समग्र व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखिएको छ । 

यो अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण संयन्त्र गठन भएको छ । संयन्त्रमा राजनीतिक दलका प्रमुख सदस्य छन् । 

यस्तै स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, उपभोक्ता अधिकार मञ्चका प्रमुख, पत्रकार महासङ्घ चितवनका अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रमुख सदस्यको रुपमा रहनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन