Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सम्मानित महासेनानी विष्टलाइ प्रमाण पत्र हस्तान्तरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

विलम धामी/फागुन ५, कञ्चनपुर । सुदूरपश्चिमका सम्मानित भएका महासेनानी कल्यान सिह विष्टलाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

सुपको दार्चुला ३ धौलाकोटका विष्टलाई बिहीबार उनको कञ्चनपुरको बेल्डाँडी नगरपालिका १ निवासमा सम्मानित प्रमाण पत्र हस्तान्तरण गरिएको हो । ६५ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली काँग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघद्धारा विष्टलााई सम्मानित महासेनानी पदावी प्रदान गरिएको थियो ।

प्रजातन्त्र प्राप्ती र गुमेको प्रजातन्त्र ल्याउनमा अतुलनिय भूमिका निर्बाह गरेको भन्दै विष्टलाई सम्मानित गरिएको थियो ।

एक कार्यक्र्मका विच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री दिलेन्द्र प्रशाद बडूले उनलाई खादा ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्नुभयो । प्रमाण पत्र हस्तान्तरण गर्दै नेता बडूले विष्टले विगतमा नेपाली जनताको मुक्तिका लागि गरेको योगदानको कदर गर्नुभयो ।

“तपाईले विगतमा नेपाली जनताको मुक्तिका लागि गर्नुभएको संघर्ष सराहनिय छ,” नेता बडूले भने, “आज हजुर जस्तै योद्धाले गर्नुभएको योगदानले हामीले मुक्ति पाएका छौँ ।”