फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटव"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटव"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दीप गायन ताराको उपाधि कालीकालाई

२०७३, ५ फाल्गुन बिहीबार १४:३०

फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटवलका दीपाशुं श्रेष्ठले प्राप्त गरेका  छन् । उपाधिसँगै उनले नगद १५ हजार, मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गायन क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्धेश्यका साथ  छैंठौं  सस्ंकरणका रुपमा आयोजित प्रतियोगितामा ग्लोरी बोर्डिङ बुटवलकी आकाङ्क्षा भण्डारी द्वितीय भई नगद १० हजार प्राप्त गरेकी छन् । यस्तै, न्यू होराइजनकी खुसी पंगेनी तृतीय भई ५ हजार र बुद्ध इङ्लिस बोर्डिङ् सैनामैनाका माधव पौडेल र बुद्धदीप स्कुल रुद्रपुरका नितेश क्षेत्री सान्त्वना भई नगद २–२ हजार सहित मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

रुपन्देही जिल्ला भित्रका मा.वि. तहसम्म अध्ययनरत विद्यार्थीहरूबीच आयोजित प्रतियोतिामा ३७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा आज उत्कृष्ठ १० विद्यार्थीहरुले फाइनलमा प्रतिस्पर्धा गरेको निर्णायक संयोजक नारायण थापाले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका जिलला शिक्षा अधिकारी टेक बहादुर थापाले  नव प्रतिभाहरूको खोजी गरी कलाकारितामा पहिचान बनाउन यस प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले गायन प्रतिभाको खोजी गर्न कार्यक्रम आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख सुरेनद्र पराजुली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, उपप्राचार्यद्वय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य , प्लस टु संयोजक वसन्त जोशी र रेखा श्रेष्ठले यस्ता कार्यक्रमले प्रतिभाको पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय सवै प्रतिभाको लागि साझा चौतारो बन्नुपर्नेमा जोड दिनुभयो ।  

 प्रतियोगिता संयोजक सङ्गीता शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका सह प्राचार्य कलाधार अर्यालको स्वागत तथा पुरुषोत्तम पाण्डेय, दिनेश खड्का र महेश खनालले कार्यक्रम सञ्चालन  गर्नुभएको थियो भने धन्यवाद ज्ञापनसह संयोजक अर्जुन पन्तले गर्नुभएको थियो ।

यस्तै, विद्यालयले बिहिबार ३६ औ वार्षिक उत्सवको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  उत्कृष्ठ नतिजा दिने शिक्षकहरु र प्राप्त गर्ने  विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायक बसन्त श्रेष्ठ, राज कुमार बरली , पूर्व दीप गायन तारा प्रिया भण्डारी लगायतका कलाकारको प्रस्तुती रहेको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश