२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला सम्पन्न

१९ बैशाख २०७३, आईतवार ११:१२

बैशाख १९, कावासोती | नेकपा क्रान्तिकारी
माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला कावासोतीमा भएको छ । मोहन
वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी र परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत) बीचको पार्टी एकता पछि
क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला नवलपरासीको कावासोतीमा भएको हो ।

अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा पारेर भेला गरिएको हो । भेलाको उद्घाटन
गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य एवम् अवध राज्य इन्चार्ज प्रेम सुवेदीले
मजदुर माथि भएको दमनको विरुद्ध एक भएर लड्नु पर्नेमा जोड दिनुभएको थियो । उहाले कम्युनिष्टहरुबीच चुनावी
एकता नभई सिद्धान्तनिष्ट एकता हुनुपर्ने उल्लेख गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा क्रान्तिकारी युवा
लिगका केन्द्रीय सचिवालय सदस्य तथा अबध संयोजक बिमल सारु मगरले युवाहरु राष्ट्रियता तथा जनतन्त्रको
पक्षमा लडनुपर्ने चर्चा गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा
नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य अशोक लम्साल, जिल्ला सहसंयोजक सुर्य न्यौपाने, नारायण
अर्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यसैगरी भेलाले उत्तम थापाको अध्यक्षतामा २१
सदस्यीय क्रान्तिकारी युवा लीग नवलपरासी गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा खडगबहादुर बाह्रघरे
सचिवमा शिव चालिसे सहसचिवमा पुर्णप्रसाद पोखरेल र कोषाध्यक्षमा बिष्णु गैरे चयन हुनुभएको छ । भेला उत्तम
थापाको अध्यक्षता खडगबहादुर बाह्र घरेको संचालन मा भएको थियो । भेला शुरु हुनु पूर्व कावासोतीको फलफूल
चोकबाट फिलिमहल चोकसम्म युवाहरुले मार्चपास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम