पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र न"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र न"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

महिला तालिम सम्पन्न

२०७३, ६ फाल्गुन शुक्रबार ०६:०३

पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाइ लक्षित गरी  आधारभूत तालिम दिइएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरुले तालिम उपलब्धीमुलक रहेको बताएका छन् । तालिमबाट व्यक्तित्व विकासका साथै बक्तृत्वकलाको विकास भएको बताए । सहभागीहरुले तालिमबाट धेरै कुराबारे जानकारी हासिल गरेको बताए । 

महिला समिति संस्था हाम्रो पहिचान महिला सशक्त बनाउन हाम्रो अभियान  भन्ने नारा सहित महिला  महिक्तकरणको प्रारम्भिकक प्रशिक्षण स्वरुप यो तालिम संचालन गरिएको हा तालिम महिला विकास र नेतृत्वकै लागि रहेको सहभागीले बताए ।


तालिममामा मुख्यतया महिला विकास कार्यक्रम, समुह गतिसिलता, समुह कार्य, बचत के किन कसरी ? समुह सहजीकरण र संस्थागत विकास , नेतृत्व के कसरी र शैलीहरु, संचार र संचार सीपहरु, लैंगिकता, नेपाली महिलाको वर्तमान अवस्था, लैंगिक भूमिका परिवर्तन,प्रजनन स्वास्थ, सुरक्षित मातृत्व, एचआइभी ÷एड्स, घरेलु हिंसा, बालअधिकार, मानब बेचबिखन अपराध नियन्त्रण, ग्रामिण व्यवसाय, महिला सशक्तीकरणमा समुह सदस्यको अभिकार्य जस्ता विषयमा प्रशिक्षण हुने महिला तथा बालबालिका कार्यालय पर्वत की कार्यालय प्रमुख तारा सुनुवारले बताइन् ।


एक हप्तासम्म संचालन हुने उक्त कार्यक्रममा खरौखोला गाविस बाट २ जना, देउराली गाविसका ६ जना, क्याङ गाविसका  ९ जना, कार्कीनेटा गाविस बाट १ ,पिपलटारी कुनपा १६ का ५, फलामखानी गाविसका ५ ,र नाङलीवाङ गाविसका ३ जना  गरी ३१ जना कार्यक्रममा सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली