महेनद्र केसी /पर्वत । आठौ राष्ट्रपति रनिङ शिल प्रत्योगिता सदरमुकाम कुश्माको वडागाउँ खेल मैदानमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  सबैका ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेनद्र केसी /पर्वत । आठौ राष्ट्रपति रनिङ शिल प्रत्योगिता सदरमुकाम कुश्माको वडागाउँ खेल मैदानमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  सबैका ल"/>
2026-09-20 12:55 AM
पर्बत - PBT

आठौ राष्ट्रपति रनिङ शिल प्रतियोगिता कुश्मामा शुरु

महेनद्र केसी /पर्वत । आठौ राष्ट्रपति रनिङ शिल प्रत्योगिता सदरमुकाम कुश्माको वडागाउँ खेल मैदानमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  सबैका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल प्रत्योगिताका क्षेत्र नं १ र २ का छनोट खेलहरु सकिएसँगै प्रतियोगिता शुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासीनीले पानसमा दिप प्रज्वलन गरी प्रत्योगिताको उद्धघाटन गरे । उनले खेलकुदको माध्यमबाटनै राष्ट्रिय एकता हुने र अन्तराष्ट्रियस्तरमा समेत नेपालको चिनारी बढाउने भन्दै खेलकुद क्षेत्रमा राज्यले लगानी गरेको बताए ।


खेलकुदको माध्यमबाटनै स्वास्थ्य हुनुको साथै राष्ट्रिय चिनारी गराउनको लागि समेत खेल र खेलाडीको ठूलो भूमिका निर्वाह गरेको र विद्यालय स्तीरय राष्ट्रपति रनिङ शिलबाट बालबालिकामा भएको क्षमताको प्रस्फुटन समेत हुने उनले बताए । उनले नेपाल सरकारले खेल क्षेत्रको विकासका लागि र स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने थालेको बताउँदै जिल्लामा सम्पन्न हुने यस्ता खेलाहरुलाई नियमसंग र विवादरहित तबरबाट सम्पन्न गराउन जोड दिए ।

जिल्ला खेलकुद विकास समीतीका अध्यक्ष प्रेम गुरुङले राष्ट्रपति रनिङ शिलमा खेलमा सहभागिता जनाउने विद्यालयहरुलाई खेल पुर्वाधार विकासका लागि ७० लाख भन्दा बढी अनुदान आएकोमा आफुले विद्यार्थीको सहभागिताका आधारमा बजेट वितरण गरीसकेको र पुर्वाधार निर्माण भईसकेको बताए । उनले जिल्लामा खेलकुद क्षेत्रको विकासको लागि पाँच वटा खेलकुद मैदानको व्यवस्थापन गराउनको लागि प्रपोजल तयारी पारि मन्त्रालयमा पु¥याउने योजनाका साथ खेलकुद विकास समिति अगाडि बढेको बताए ।


शसस्त्र प्रहरी बल चण्डिका गणको नजिक रहेको खेलकुद विकास समितिको कवर्डहल सम्पन्न गराउनको लागि र खेलकुदलाई थप व्यवस्थीत बनाउनको लागि कामहरु भैराखेको उनले बताए ।  जिल्लाको खेलकुद विकासको लागि आव ०७१।७२ मा ७१ लाख रकम विनियोजन भएको र सोही अनुसार १२ स्थानमा खेलकुद विकासको लागि कार्यहरु भएको जनाए । 

जस अनुसार सृजनशिल युवा क्लब खेल मैदान निर्माण बाँसखर्क ५ लाख, खेल मैदान निर्माण, गल्याङधाम होश्राङ्दी ५ लाख, अन्नपूर्ण खेल मैदान कार्किनेटा १२ लाख, गिद्धेश्वर युवा क्लब लेखफाँट ५ लाख, बालाकोट कभर्ड हल निर्माण १० लाख, माझगाउँ खेलमैदान निर्माण भुकदेउराली ४लाख, डिमुवा खेल मैदा निर्माण ४ लाख, सेमी कवर्डहल बडागाउँ कुश्मा १० लाख, विद्याज्योति मावि खेलमैदान निर्माण ४ लाख, पर्वत क्याम्पस खेलमैदान निर्माण ६ लाख, भलिबल खेलमैदान कुश्मा १ लाख गरी कुल ७१ लाखको खेलकुद विकासको लागि खर्च भएको साझासवाललाई बताए । 


त्यस्तै यहि आवमा सृजनशील युवा क्लब बाँसखर्क ५ लाख, खेल मैदान निर्माणको लागि गल्यामधाम ३ लाख, गुप्तेश्वर बहुमुखी क्याम्पस ५ लाख, अन्नपूर्ण खेल मैदान कार्किनेटा ५ लाख, ग्यालेक्सी युवा क्लब सालिजा ५ लाख , दहचौर खेल मैदान निर्माण ३ लाख सिद्ध बराह खेल मैदान ५ लाख र विश्व ज्योति खेल मैदान निर्माणको लागि ५ लाख गरी ३६ लाख विनियोजन भएको बताए ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको आठौ राष्ट्रपति रनिङ शिल प्रतियोगितामा १३ इभेन्टका खेलहरु हुने आयोजकले जनाएको छ । जसमा एथलेटिक्स भलिवल, कवड्डी , ज्यावलिङ थ्रो सटफुट ,हाईजम्प ,लङजम्प, लगायत दर्जन खेलको प्रत्योगिता गराईने जिल्ला खेलकुद विकास समीती पर्वतले जनाएको छ । जसका लागि क्षेत्र नं १ र २ का छनोटमा परेका १३ विद्यालयले प्रतिशपर्दा गर्नेछन् ।   छनोट खेलका लागि क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १२ गरी कुल २५ विद्यालयले सहभागीता जनाएका थिए । खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयले ३० हजार नगद सहित रनिङा शिल्ड मेडल,र प्रमाणपत्र, द्धितियले १५ हजार नगद,मेडल र प्रंमाण पत्र र तृतीयले १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छ । १३ इभेन्टका लागि विभिन्न विद्यालयका गरी ६ सय भन्दा खेलाडीहर सहभागिता जनाएका थिए ।

सहभागि विद्यार्थीहरुको मार्च पास गराएर शुरु गरीएको रनिङ शिल प्रत्योगितामा  नमुना आवाशिय माविले मार्चपासको प्रथम स्थान हासिल गरेको थियो । समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विष्णु प्रसाद नेवार र संचालनसचिव भरत श्रेष्ठले गरेका थिए  । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं कुश्मा नगर कमिटिका संयोजक शंकर गिरी, शसस्त्र प्रंहरी बल चण्डिाका गणका गणपति सुदर्शन शिलवाल, प्रहरी नायव उपरिक्षक शेखर खनाल लगायतका खेलप्रेमी, खेलाडी लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो