२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने

६ फाल्गुन २०७३, शुक्रबार ०७:०८

फागुन ६, झापा । झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । 

कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिनुभयो । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने उहाँले बताउनुभयो । 

पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउनेछन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ । 

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अङ्ग, चस्मा, सुन्ने यन्त्र, लिङ्ग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् । 

चैतदेखि सुरु हुने कार्यक्रममा चैत मसान्तसम्म सदस्य बनेका परिवारले आगामी २०७४ जेठ १ गतेदेखि यस कार्यक्रममा सहभागी हुन पाउने जनाइएको छ । 

कार्यक्रम सञ्चालनका लागि झापाका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला स्वास्थ्य बीमा समन्वय समितिसमेत गठन भइसकेको छ । छिमेकी जिल्ला इलाममा भने कार्यक्रम लागू भइसकेको छ । मेची अञ्चल अस्पताल भद्रपुरले बिहीबार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा