बैशाख २०, नवलपरासी । राष्ट्रिय सूचना
सञ्चार प्रविधि दिवस–२०१६ को अवसर पारी नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई
विद्यालय पोसाक वितरण गरिएको छ ।
कम्प्युटर एसोसिएसन अफ नेपाल
(क्यान) महासङ्घ, नवलपरासी शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो ।
१० जना दृष्टिविहीन बालबालिकालाई क्यानका केन्द्रीय सदस्य नवराज कुँवरले विद्यालय पोसाक उपलब्ध गराएका
हुन् ।