पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ६, डोटी । सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण दिपालय–काठमाडौँ डाँक सेवा प्रभावकारी हुन सकेको छैन् ।

सम्झौताअनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा ओसारपसार गर्नुपर्ने हुन्छ । तर सुदूरपश्चिम यातायात व्यवसायी समितिले डाँक सेवाका लागि लापर्बाही गर्ने गरेकाका कारण डाँक सेवा प्रभावकारी हुन नसकेको क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ ।

‘हामीले दिपायलबाटै डाँक उपलब्ध गराउँछौ,’ निर्देशनालयका खरिदार भोजराज पन्तले भन्नुभयो, ‘तर यताबाट सुदूरपश्चिम यातायातका सिधा काठमाडौँसम्म जाने बस नहुँदा डाँकसेवा प्रभावकारी हुन सकिरहेको छैन् ।’

यसबाहेक यातायात व्यवसायीको लापरबाहीका कारण पनि डाँक सेवा प्रभावित भइरहेको जनाएको छ । ‘सवारी साधनले लापर्बाही गरिदिन्छन्, यताबाट लगेर बसहरुले धनगढी सडकमै फालिदिन्छन, काउन्टरमा पु¥याइदिन्नन्, यसले पनि समस्या देखिन्छ भन्दै उहाँले सुदूरपश्चिम यातायातले सम्झौता अनुसार काम नगरिरहेको बताउनुभयो ।

सामान्यतया बाजुराबाट डाँक तीन दिनभित्र दिपायल पुग्नुपर्ने हो । तर अहिले बाजुराबाट दुई हप्तामा दिपायल डाँक पुग्ने गरेको पनि क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ ।

दिपालय–काठमाडौँ डाँक सेवाका लागि क्षेत्रीय हुलाक निर्देशनालय राजपुर दिपायलले सुदूरपश्चिम यातायात व्यवसायी समितिसंग वार्षिक ८६ हजार दुई सय ५० रुपैँयाको सम्झौता गरेको छ । रासस