२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पढाइ सुरु भएन

२०७३, ६ फाल्गुन शुक्रबार ११:३४

नन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा माघ २५ देखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन भएका छैनन् । 

नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थि भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थिहरु विद्यालयमा नियमित उपस्थित नहुदाँ जुम्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन हुन नसकेको हो । 

जिल्लाका ग्रामिण भेगमा रहेका विद्यालयहरु यतिखेरसम्म पुरै बन्द अवस्थामा रहेका छन् भने सदरमुकाम आसपास र सदरमुकाम भित्रका चन्दननाथ उच्च मावि, रत्नचुण्डेश्वर उच्च मावि, जनता उच्च मावि, कर्णाली उच्चमावि, लाम्रा, तातोपानि, झारज्वाला, कुडारी, डिल्लीचौर लगाएतका विद्यालयहरुमा अझै नियमित पठनपाठन शुरु नभएको विद्यार्थिहरुले बताएका छन् ।

 यस्तै जुम्ला सिंजा क्षेत्रका कुनैपनि विद्यालयमा हालसम्म पढाइ शुरु भएको छैन । विद्यालयमा नँया शैक्षिक शत्र शुरु भैसक्दा समेत अझैँ कतिपय शिक्षक र विद्यार्थिहरु ट्युसन कक्षाका लागि समरदुकाममै रहेका छन् । 

नियमित विद्यालयको पठनपाठन नहुँदा यतिखेर शिक्षक, विद्यार्थि र अभिभावकहरु एक अर्कोबिच कमिकमजोरी रहेको भन्दै आरोप लगाउने गरीरहेका छन् । अर्कोतिर हिँउदे बिदामा रहेका शिक्षकहरु पनि विद्यालयमा हाजिर नभएको पाइएको छ । विद्यार्थिहरु नियमित विद्यालय नआउने, विद्यालय ब्यवस्थापन समितिले निरीक्षण नगर्ने जस्ता समस्याले पनि जिल्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन नभएको हो ।

 विद्यालय भर्ना अभियानका नाममा विद्यालय मात्रै खुल्ला राख्ने गरेको पाईन्छ । भने जिल्ला बाहिरीएका शिक्षकहरु पनि अझै जिल्लामा भित्रिएका छैनन् । जिल्ला शिक्षा अधिकारी कुल बहादुर फडेराले जिल्लामा नयाँ शैक्षिक सत्र शुरु भैसकेकाले सबै शिक्षकहरुलाइ नियमित विद्यालय उपस्थीत हुन निर्देशन दिनुभएको छ । 

उहाँले विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलाई भर्ना अभियान संगै पढाई छिट्टो शुरु गर्न निर्देशन दिनुभयो ।

 जिल्लाका सबै विद्यालय निरिक्षण गरीने बताउदै निरीक्षण प्रश्चात कुनै विद्यालय बन्द भएको पाईएमा नियमानुसार कारबाही गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । हरेक बर्ष जुम्लामा नँया शैक्षिक शत्र ढिलो संचालन हुने र नियमित अध्ययन अध्यापन नहुँदा त्यसको परिणाम स्वरुप पछि विद्यार्थिहरुले आधा कोर्ष पढाइ भएकै अवस्थामा अन्तीम परिक्षा दिनु परेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली