पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीए"/>
2026-09-20 12:54 AM
पर्बत - PBT

प्रजनन स्वास्थ्य सुधारका लागि प्रशिक्षण

पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीएको छ ।


जिल्ला विकास समिति कार्यालय पर्वतको आयोजना तथा महिला तथा बालबालिका कार्यालय पर्वतको संयोजनमा भएको उक्त कार्यक्रममा ५० परिचालिकाहरुलाई सो सम्बन्धी प्रशिक्षण तालिम दिइएको हो ।


महिनावारी सम्बन्धी सचेतना गाउने अभिप्रायका साथ महिनावारी सम्बन्धी ज्ञान तथा    सिनेटरी प्याड निर्माण गर्ने कार्य दुइ चरणमा गरी सामाजिक परिचालिककाहरुलाई तालिम दिइएको  हो ।


पहिलो चरणमा हुवासमा इन्पेड नेपाल र सेक्रेट नेपालबाट परिचालित २० सामाजिक परिचालिका र दोस्रो चरणमा नगरपालिका अन्र्तगतका ३० जना सामाजिक परिचालकहरुलाई सो तालिम दिइएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख तारादेवी सुनुवारले बताईन ।

कार्याक्रममा बोल्दै सभासद कल्पना शर्मा जोशीले महिनावारी प्राकृतिक नियम भएता पनि कतिपय समाजमा अझै पनि त्यसलाई छाोइछिटोका रुपमा लिने र महिलामाथि हिंसा गर्ने गरेको बताईन । 


अझै पनि सुदुरपश्चिमका जिल्लाहरुमा महिनावारी भएको बेलमा महिलाहरुलाई छाउपडिमा राख्ने चलन रहेको भन्दै जबसम्म महिलाहरु आफै सचेत भइ बाहिर आउँदैनन तब सम्म यस्ता कुप्रथाहरु समाजमा रहिरहेन भन्दै महिलाहरु अगाडि बढ्न र महिनावारी सम्बन्धी खुलेर जानकारी हासिल गर्नुपर्नेमा जोड दिइन । 


उनले जिल्लामा महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरिन् । उनले आगामि दिनमा सांसद विकास कोषबाट महिलाहरुकालाई महिनावारी सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको लागि रकम विनियोजन गर्ने समेत उनले प्रतिबद्धता जनाईन । महिनावारी अनियमित वा गडबढी हुने र महिनावारीको समयमा अपनाउपर्ने सुरक्षा नअपनाउदा महिलाहरुको पाठेघर सम्बन्धि लाग्ने रोगको संक्रमण बाट जागाउने यो कार्यक्रम फलदायी रहेको समेत उनले बताइन ।


स्थानिय विकास अधिकारी युवराज पाौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज संजालका अधयक्ष राजेन्द्र पहाडि, सिडिआरएफ संस्थाका कार्यक्रम व्यवस्थापाक गणेश क्षेत्री  र निमित महिला विकास अधिकृत तारा सुनुवारले लगायतले बोलेका थिए भने कार्यक्रमको संयोजना दिपेन्द्र शर्माले गरेका थिए ।

कार्यक्रमको उदेश्यबारे सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले प्रकाश पारेका थिए भने कार्यक्रम संचालन सोडेक नेपाल सामाजिक परिचालन संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए । 


महिला तथा बालबालिका ले पहिले चासो नदिएकोले कार्यक्रम ३ गाविसमा सिमिति भएको र हाल तारा सुनुवार आए पछि सहयोग       गरेकोले छोटो समयमा धेरै जनालाई तालिम संचालन भएको र हाल आफु जाने बेला भएको समेत यूकीलेले बताइन् । उनले जिल्लामा    महिनावारी सम्बन्धी सचेतना दिने काम गदै आएता पनि सुनुवारपछि कामले तिब्रता र निरन्तरता पाएको बताइन् । जापनिज स्वयसेवीका यूकि यामामोतीले नै प्रशिक्षण दिएकी     थिइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो