२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रजातन्त्र दिवसमा झापामा सरसफाई गरियो

२०७३, ७ फाल्गुन शनिबार ११:४०

फागुन ७, झापा । ६९ औं प्रजातन्त्र दिवसको अवसर पारेर झापाका विभिन्न ठाउँमा सरसफाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सरसफाइलाई महत्व दिएपछि जिल्लाका विभिन्न ठाउँ विभिन्न संघ–संस्थाले सामुहिक रुपमा वृहत्त सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन् ।

झापाको चारआलीस्थित नेपाली सेनाले चारआली चोक आसपासका क्षेत्रमा सरसफाई गरेको छ । त्यसैगरी नव सृजनशील युवा समाजले चारआली र धाइजन चोकमा सरसफाई गरेको छ । बातावरण सम्बन्धि विभिन्न नारा तथा व्यानरसहित निस्किएको युवा समाजका पदाधिकारीलाई दुहागढी गाविसले कुँचो, डोको र मार्स उपलब्ध गराएको थियो । 

त्यस्तै निलकण्ठ भजन मण्डली दुहागढी, श्रेय सृजना महिला बचत, चारआली जेसीस, महिला सञ्जाल दुहागढी, तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था चारआली, बिहानी बचत तथा ऋण सहकारी संस्था दुहागढी, साना शहरी तथा खानेपानी संस्था धाइजन—दुहागढी, उद्योग वाणिज्य संघ शाखा चारआली लगायतले चोक तथा वरपरका झारपात र जम्मा भएको फोहोर संकलन गरी नष्ट गरेका थिए । धाइजन र दुहागढी गाविसको आयोजना रहेको धाइजन गाविसका सचिव सुदर्शन बरालले जानकारी दिए ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा गौरिशंकर टोल सुधार समिति बिर्तामोडले सरसफाई अभियान सम्पन्न गरेको छ ।  यातायात व्यवस्था कार्यालय वरपरको फोहोरमैलालाई व्यवस्थापन गरिएको थियो । यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जर्नादन भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्ष मदन खड्का रहेका थिए । कार्यक्रममा लेखापढी संघ, नयाँ शक्ति नेपाललगायतका संघ–संगठनका पदाधिकारीहरुको सहभागिता रहेको जगनाथ भट्टराईले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना