2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रहरी हिरासतबाट आरोपि भागे, ड्युटीवाला नियन्त्रणमा

फागुन ७, दार्चुला | चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका एक चोरीका आरोपि हिजो राती जिल्ला प्रहरी कार्यालयको नियन्त्रणबाट भागेका छन् । गत माघ तेस्रो हप्ता सुन्सेरा गाविसका विभिन्न पसलमा चोरी गरेको आशंकामा माघ २३ गते प्रहरीले नियन्त्रणमा लिएका सुन्सेरा गाविस वडा नम्बर ४ का धनसिह बिष्ट प्रहरी नियन्त्रण बाट भागेका हुन् ।

हिजो राति करिब अढाई बजेतिर हतकडिको नट खोलेर भागेका कुवँरको खोजि गर्न प्रहरीले बिहानैबाट सीमा नाकामा कडा निगरानी गरेको छ भने डिउटीमा रहेका प्रहरीलाई सोधपुछका लागि थुनामा राखिएको छ । कैदबाट भागेका करिब २८ वर्षिय कुवँरको खोजिलाई तीब्र बनाउन सीमा नाकामा चेकजाँच बढाइएको र सबै सुरक्षा निकाय तथा प्रहरी चौकीमा सुचना गरिएको जिल्ला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएको छ । 

‘भागेका कैदीको खोजि तीब्र मात्रै पारिएको छैन, उक्त समयमा डिउटीमा बसेका प्रहरीहरुलाई समेत नियन्त्रणमा लिई कारवाही थालिएको छ ।’ डिएसपी खनालले भने । राति महाकाली नदीको सतह बढ्ने र बिहानैदेखि सीमा क्षेत्रमा निगरानी गरिएकोले कैदबाट भागेका बिष्ट सदरमुकाम मै लुकेर रहेको हुन सक्ने बताउँदै डिएसपी खनालले प्रहरी निरन्तर खोजमा रहेको बताउनु भयो । 

माघ १९ गते सुन्सेरा गाविस वडा नम्बर ४ मा रहेका प्रेमसिह डडाल र नरेससिह डडाल साथै सोही गाविस वडा नम्बर ६ का मानसिक कुँवरको पसलबाट नगद सहित समान चोरी भएको उजुरीका आधारमा प्रहरीले चोरीमा संलग्न भएको आशंकामा निज कुवँरलाई नियन्त्रणमा लिएको थियो । कुवँरलाई अनुसन्धानका लागि प्रहरीको कैदमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई