2026-10-15 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी

जुम्ला, ८ फागुन । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गर्नुभएको छ । 

चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर समूहमा सुनमायाले प्रथम स्थान हासिल गर्नुभएको हो । 

यसैगरी चीनका यान फ्रेङ द्धितीय र नेपालकै पूर्णालक्ष्मी न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा सुनमायाले सात घन्टा २५ मिनेट २६ सेकेन्ड र पूर्णालक्ष्मीले सात घन्टा ५३ मिनेट ४७ सेकेन्डमा तोकिएको दूरी पार गरेको उहाँले बताउनुभयो । 

यसैगरी सम्पूर्ण महिला तर्फबाट चीनको यान फ्रेङ प्रथम, सुनमाया द्धितीय र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थान प्राप्त गर्नुभएको छ । आफ्नो उमेर समूहमा प्रथम नेपाली म्याराथुन धावक सुनमायाले आठ हजार ५०० र पूर्णालक्ष्मीले चार हजार हङ्कङ डलर नगद पुरस्कार पाउनु भयो । यस प्रतियोगिताले फेरि पनि नेपाल र जुम्ला कर्णालीको नाम विश्वमा उचालिएको छ । 

हिम चितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाका उदाउँदा प्रशिक्षार्थी सुनमायाले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने अर्को अवसर पाउँदा खुसीको सीमा नरहेको बताउनुभयो । 

यसअघि हङ्कङमै सम्पन्न भएको म्याराथुन दौड प्रतियोगितामा सुनमाया र पूर्णालक्ष्मीले एसियन स्काई म्याराथुन दौड प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्नुभएको थियो । दौडमा अन्तर्राष्ट्रिय छवि निर्माण गरिरहेका सुनमाया बुढा र पूर्णालक्ष्मीले बिदाइका क्रममा नेपालका लागि जुम्ली चेलीका हैसियतले अन्तर्राष्ट्रिय दौडमा सहभागी भएर प्रतियोगितामा पनि आफूले सानदार जित हासिल गर्ने बताउनुभयो । सुनमाया र पूर्णालक्ष्मीले फागुन ७ गते खेलमा सहभागी हुने अवसर पाएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो