पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 


सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 


सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दशनामी समाजले ग¥यो बधाई तथा सम्मान

२०७३, ८ फाल्गुन आईतवार ०६:४४

पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 


सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक्रममा समाजकै संस्थापक सचिव संम्मानित भएका छन् । समाजका संस्थापक सचिव सरोज पुरीलाई बधाई तथा सम्मान गरिएको हो ।


विगतमा संस्थापक पुरीले समाजको हितमा पुराएको योगदान र हालमा उनको सामाजिक गतिविधिको सक्रियतालाई मूल्यांकन गरी बधाई तथा संम्मानको कार्यक्रम आयोजना गरेको समाजका सचिव प्रनिश गिरीले बताए । हाल संस्थापक सचिव पुरी अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका छन् । 

विगत एक दशक भन्दा बढी समयदेखि अमेरिका बस्दै आएका पुरी एनआरएन संस्थामा सक्रिय छन् । एनआरएनको मेरिल्याण्ड च्याप्टरमा विजनेस डेभलपमेन्ट डायरेक्टरको रुपमा उनी कार्यरत छन् ।

संमानित पुरीलाई दशनामी समाजका जिल्ला अध्यक्ष तुलसी गिरी र उपाध्यक्ष तिला गिरीले अविर, फुलमाला लगाएर सम्मान गरिएको थियो । उनलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । संम्मान ग्रहणपछि अत्यन्तै भावुक बनेका सामाजिक व्यक्तित्व पुरीले आफू परिस्थितिवश विदेशमा बस्नु परेपनि केही समयपछि स्वदेश फर्केर यही आफू जन्मेको थलोमा सामाजिक कार्य गर्ने मन रहेको भनाई राखे । समाजका अध्यक्ष तुलसी       गिरीले संस्थापक सचिव पुरीले समाजका लागि पुराएको योगदानको प्रशंसा गरे । संस्थापक सचिव पुरीले दशनामी समाज पर्वतको सहयोगार्थ भनी नगद दश हजार रुपैया प्रदान गरेका थिए ।सम्मान तथा बधाई कार्यक्रममा दशनामी समाजका केन्द्रिय सदस्य तेजकुमारी पुरी, समाजका जिल्ला कोषाध्यक्ष दिपेन्द्र गिरी लगायत दशनामी सदस्यहरु सहभागीता थियो । कार्यक्रमको संचालन सचिव प्रनिश गिरीले गरेका थिए ।दशनामी समाज पर्वतले सामाजिक योगदान पुराउने दशनामी सदस्यहरुलाई बधाई तथा सम्मान गर्ने कार्य गर्दै आएको छ । दशनामी समाज पर्वतले यही चैत्र ५ गते जिल्ला अधिवेशन तयारी गर्ने र त्यसको तयारीका लागि यही आउने शनिवार वृहत भेलाको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना