पर्वत ।  १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसर पारि आयोजना हुन लागेको नवौँ पश्चिमाञ्चल महिला महोत्सवको समुदघाटन गर्नको लागि उपराष्ट्रपति नन्द्र बहादुर पुन पासाङ आउने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसर पारि आयोजना हुन लागेको नवौँ पश्चिमाञ्चल महिला महोत्सवको समुदघाटन गर्नको लागि उपराष्ट्रपति नन्द्र बहादुर पुन पासाङ आउने भ"/>
2026-09-20 12:55 AM
पर्बत - PBT

महिला महोत्सवको उद्घाटन उपराष्ट्रपतिले गर्ने

पर्वत ।  १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसर पारि आयोजना हुन लागेको नवौँ पश्चिमाञ्चल महिला महोत्सवको समुदघाटन गर्नको लागि उपराष्ट्रपति नन्द्र बहादुर पुन पासाङ आउने भएका छन् ।

 उपराष्ट्रपतिको कार्यालयमा निमन्त्रणा दिनको लागि पुगेकी रेडियो दिदीबहिनीकी अध्यक्ष एंव सांसद कल्पना चापागाईले महोत्सवको उद्घाटन गर्नको लागि उपराष्ट्रपति आउने निश्चित भएको बताइन् । उनले उपराष्ट्रपति पासाङले महोत्सवको उद्घाटनको लागि ग्रिन सिग्नल दिएको भन्दै अब उद्घाटनको प्रतिक्षामा महोत्सव आयोजक रहेको बताइन् । महोत्सवको झण्डै ६० प्रतिशत कार्य सम्पन्न भएको र अबको केहि दिनभित्रै सम्पूर्ण तयारी पूरा हुने उनले जनाइन ।


महोत्सवका लागि अहिले स्टल निर्माण तथा बुकिङ्ग कार्य तीव्र भईरहेको रेडियोका अध्यक्ष तथा समानुपातिक सांसद् कल्पना चापागाईले जानकारी दिईन् । महोत्सवमा कृषि, शिक्षा, परम्परागत प्रविधि, लघु तथा घरेलु उद्यम, होटल व्यवसायीहरुको स्टल 


सहित कुल १०० स्टल रहने बताईएको छ । अघिल्ला वर्षहरुमा भन्दा फरक तरिकाले आयोजना गर्न लागिएको यस महोत्सवको मुख्या प्रायोजकमा नेपाल टेलिकम रहेको उनले बताईन् । त्यस्तै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रदर्शनी पनि आकर्षणको रुपमा रहनेछ । 


महोत्सवको मुख्य आकर्षणको रुपमा भने प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिता रहेको छ । प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहनेछ ।


प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३–३ हजार पुरस्कार पाउनेछन् ।

 अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाँको टिकट राखिएको छ ।


महोत्सवको अन्य आकर्षणमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।  महोत्सव आउन केहि दिन बाँकि रहँदा स्टल बुकिङ, दर्ता सुरु भएको दर्ता संयोजक प्रतिभा अधिकारीले जानकारी दिईन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो