Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्ला स्तरिय संवाद कार्यक्रम खलङ्गामा सम्पन्न

२०७३, ८ फाल्गुन आईतवार ११:०८

सागर शर्मा, फागुन ८, प्युठान । संक्रमणकालिन न्याय तथा द्धन्द्ध पिडीतहरुको सम्झनामा जिल्लामा शान्ति स्मारक निमार्ण विषयमा द्धन्द्ध पिडीत र सरोकारवाला निकायविच जिल्ला स्तरिय संवाद कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

संवाद कार्यक्रममा कार्यक्रमको उद्धेश्य, संस्थावाट गरेका द्धन्द्ध पिडीत सम्वन्धि कार्यको बारेमा हरप्लेस जिल्ला संयोजक पम्फा पन्तले जानकारी गराउनु भएको थियो ।  द्धन्द्ध पिडीतको वारेमा जिल्लाको जानकारी स्थानिय शान्ती समिती प्युठानका कार्यालय प्रमुख कमल थपलिया, जिल्लामा द्धन्द्ध पिडीतको पक्षमा कार्यालय ले गरेको काम कर्तव्यको बारेमा जिल्ला कृषि विकास कार्यालय प्युठान, जिल्ला शिक्षा कार्यालय प्युठान, महिला तथा बालवालिका कार्यालय प्युठान, घरेलु तथा साना उद्योग विकास समिती प्युठान लगाएत का कार्यालय ले जानकारी गराएका थिय । 

कार्यक्रममा जिल्लामा द्धन्द्ध पिडीतको सम्झनामा शान्ति स्मारक निमार्ण गर्ने वारेमा छलफल गरिएको हो । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको रु ४ लाख लगानीमा शान्ति स्मारिका वनाउन लागेको हरप्लेस प्युठानका संयोजक पम्फा पन्तले जानकारी गराउनु भयो । साथै शान्ति स्मारक स्थान सम्वन्धी स्थानिय शान्ति समिती प्युठानका संयोजक पार्वता आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिती समेत गठन गरिएको छ । समितीमा स्थानिय शान्ति समिती , पत्रकार महासंघ, महिला तथा बालवालिका कार्यालय, रेडक्रस कार्यालय, गैसस , द्धन्द्ध पिडीत, प्रशासन, नागरिक समाज, जिल्ला शिक्षा कार्यालय, हरप्लेस लगाएतका कार्यालय वाट १÷१ जना प्रतिनिधी चयन गरेको छ । 

सक्रमणकालिन न्याय तथा सान्ती मञ्च प्युठानका संयोजक डोर प्रसाद पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, द्धन्द्ध पिडीत नागरिक, राजनीति दल, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश