२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्ला स्तरिय संवाद कार्यक्रम खलङ्गामा सम्पन्न

८ फाल्गुन २०७३, आईतवार ११:०८

सागर शर्मा, फागुन ८, प्युठान । संक्रमणकालिन न्याय तथा द्धन्द्ध पिडीतहरुको सम्झनामा जिल्लामा शान्ति स्मारक निमार्ण विषयमा द्धन्द्ध पिडीत र सरोकारवाला निकायविच जिल्ला स्तरिय संवाद कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

संवाद कार्यक्रममा कार्यक्रमको उद्धेश्य, संस्थावाट गरेका द्धन्द्ध पिडीत सम्वन्धि कार्यको बारेमा हरप्लेस जिल्ला संयोजक पम्फा पन्तले जानकारी गराउनु भएको थियो ।  द्धन्द्ध पिडीतको वारेमा जिल्लाको जानकारी स्थानिय शान्ती समिती प्युठानका कार्यालय प्रमुख कमल थपलिया, जिल्लामा द्धन्द्ध पिडीतको पक्षमा कार्यालय ले गरेको काम कर्तव्यको बारेमा जिल्ला कृषि विकास कार्यालय प्युठान, जिल्ला शिक्षा कार्यालय प्युठान, महिला तथा बालवालिका कार्यालय प्युठान, घरेलु तथा साना उद्योग विकास समिती प्युठान लगाएत का कार्यालय ले जानकारी गराएका थिय । 

कार्यक्रममा जिल्लामा द्धन्द्ध पिडीतको सम्झनामा शान्ति स्मारक निमार्ण गर्ने वारेमा छलफल गरिएको हो । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको रु ४ लाख लगानीमा शान्ति स्मारिका वनाउन लागेको हरप्लेस प्युठानका संयोजक पम्फा पन्तले जानकारी गराउनु भयो । साथै शान्ति स्मारक स्थान सम्वन्धी स्थानिय शान्ति समिती प्युठानका संयोजक पार्वता आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिती समेत गठन गरिएको छ । समितीमा स्थानिय शान्ति समिती , पत्रकार महासंघ, महिला तथा बालवालिका कार्यालय, रेडक्रस कार्यालय, गैसस , द्धन्द्ध पिडीत, प्रशासन, नागरिक समाज, जिल्ला शिक्षा कार्यालय, हरप्लेस लगाएतका कार्यालय वाट १÷१ जना प्रतिनिधी चयन गरेको छ । 

सक्रमणकालिन न्याय तथा सान्ती मञ्च प्युठानका संयोजक डोर प्रसाद पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, द्धन्द्ध पिडीत नागरिक, राजनीति दल, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान