Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पत्रकार महासंघ ओखलढुंगामा तेश्रो पटक दिपेन्द्र

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ८, ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको सभापत्तीमा फेरि दिपेन्द्र रुम्दाली निर्विरोध निर्वाचित हुनुभएको छ ।

महासंघको शनिवार साँझ सम्पन्न चौथो जिल्ला अधिवेशनले रुम्दालीलाई सभापत्तीमा निर्विरोध चयन गरेको हो । रुम्दालीको लगातार यो तेस्रो कार्यकाल हो । महासंघको भवन निर्माणको काम धमाधम भईरहेको र अन्य केहि योजनाहरु समेत रहेकाले रुम्दालीलाई नै अध्यक्ष बनाउने गरि पत्रकारहरु बिच सहमती भएको थियो । आफुले नचाहेको भएपनि चालु अवस्थामा रहेका कामहरुलाई पूर्णता दिन र नेतृत्वमा रहन सबै साथीहरुले गरेको आग्रह अनुसार अघि बढेको अध्यक्ष रुम्दालीको भनाई छ ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शिवप्रसाद ढुंगाना, महिला उपाध्यक्षमा बिनु राई, सचिवमा लाक्पा गेल्जे शेर्पा, कोषाध्यक्षमा बोधनारायण श्रेष्ठ, सहसचिवमा कुलबहादुर तामाङ, समावेशि सहसचिव धनु राई त्यसैगरी सदस्यहरुमा पूर्णप्रसाद न्यौपाने, रविन श्रेष्ठ, आङबाबु शेर्पा र मनोज भटराई निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रिय पार्षदहरुमा कुम्भराज राई र जीवन शर्मा निर्वाचित हुनुभएको छ भने प्रदेश पार्षदमा रेणु पराजुली र युवराज गजमेर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी मातृका पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सांसद हर्कबोल राई सहितका सरोकारवालाहरुले सम्बोधन गर्नुभएको थियो । सांसद राईले महासंघको भवन निर्माणका लागि कम्तीमा तीनलाख भन्दा नघट्नेगरि आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।