राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । 

"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विधेयक पारित गराएर चुनाव घोषणा हुन्छ: प्रचण्ड

२०७३, ८ फाल्गुन आईतवार १४:०५


राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । 

संविधान संशोधन गरेर छिटै  चुनावमा जानु आफ्नो मुख्य दायित्व रहेकोले जसरी भएपनि क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराएर स्थानिय निकाय चुनाबको मिति घोषणा गर्ने बताए । 

सिरहाको लहानमा आइतबार श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री प्रचण्डले सोमबारको क्याविनेट बैठकबाट सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने स्पष्ट गरे । 

‘शान्ति, संघियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी भएकोले संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प नरहेको उनले बताए । प्रधानमन्त्रि प्रचण्डले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने, जनसंख्याको आधारमा मधेसमा स्थानीय निकायको संख्या निर्धारण गरी स्थानीय निकायको संख्या वृद्धि गरिने समेत बताए । प्रधानमन्त्री प्रचण्डले आफू मधेशकै जिल्ला सिरहाबाट जितेर गएकोले मधेशी जनताले मागिरहेको पहिचान र अधिकार दिलाउन संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, कानुन मन्त्री अजय शंकर नायक र सांसद पदम नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू