2026-10-15 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला जिल्ला प्रशासनले विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने

नन्दराम जैशी | फागुन ९, जुम्ला | वल्र्डभिजन जुम्ला र कास्डा जुम्लाको सहयोगमा जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने भएको छ । जुम्ला जिल्लामा हुने प्रकोप सम्बन्धीका घटनालाइ मध्यनजर गर्दै प्रकोप न्युनिकरण र प्रकोपपछिका घटनामा प्रभावकारी उद्धारका कार्यक्रम कसरी संचालन गर्ने भन्ने बिषयमा जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले जुम्ला जिल्लाको विपत प्रतिकार्य योजना तर्जुमा गर्ने निर्णय गरेको छ । जसअन्र्तगत जुम्ला जिल्लाको विपत प्रतिकार्य योजना तर्जुमा गर्न सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति पनि गठन गरीएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटा संरक्षक तथा जिल्लाका बिषयगत ८ वटा कार्यालय प्रमुख तथा कर्मचारी सदस्य रहने गरी समिति गठन गरीएको हो ।

जुम्ला जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्दा लाग्ने सम्पुर्ण खर्च वल्र्डभिजन इन्टरनेशनल नेपाल क्षेत्रविकास कार्यक्रम जुम्ला र कर्णाली दिगो विकास प्रतिष्ठान कास्डा जुम्लाले ब्यहोर्ने भएका छन् । प्रतिकार्य योजना तर्जुमा गर्दा लाग्ने खर्च कानुनको अधिनमा रहि वल्र्डभिजन र कास्डालाइ ब्यहोर्न बैठकले अनुरोध गरेको छ । जिल्लाको विपत प्रतिकार्य योजना तर्जुमा गर्न गठित समितिले जिल्लाका बिषयगत कार्यालय प्रमुखसँग समन्वय गरी आगामि दुुई महिना भित्र विपत पुर्वतयारी तथा प्रतिकार्य योजना जिल्ला प्रशासन कार्यालयको प्रतिकार्य तर्जुमा समितिमा पेश गर्ने निर्णय भएको छ ।    

साथै समितिले प्राप्त गरेको प्रतिकार्य योजना संयोजन, विश्लेषण गरी २०७३ को अन्तसम्ममा स्वीकृत हुने भएको छ । जिल्ला प्रशासन कार्यालय र कास्डा जुम्लाको आयोजनामा सम्पन्न भएको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकमा जिल्ला स्थीत बिषयगत सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित