१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी पुरा

९ फाल्गुन २०७३, सोमबार १०:२९

रोशन पोखरेल/फागुन ९,  विराटनगर । आगामि फागुन ११ गते बुधबारदेखि विराटनगरमा हुने विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी  पुरा भएको छ । 

उद्योग संगठन मोरंगको आयोजनामा आर्थिक विकाशको मुल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ विराटनगर ३ शंकरपुरमा हुने प्रदशनिको सम्पुर्ण तयारी पुरा भएको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी  दिइएको छ । 

 । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रदर्शनीलाइ थप आकर्षण बनाउनका लागि हेलि सिटि टुर, माउन्टेन उडान, रोजगारि मेला, अन्तराष्ट्रिय उत्पादन, वाल उद्यान, खानाका विभिन्न परिकार तथा बस्तुहरुको अलग अलग पेभोलियन लगायतका रहेको हरु पनि राखिएको आयोजक विराट व्यापार संघले बताएको छ । 

प्रदशनीको सम्पुर्ण सवै स्टलहरु बुक भइसकेको, प्रदर्श्निमा भव्यरुपमा सफल पार्न विभिन्न समिति गठन भइ कामहरु भइरहेको  पत्रकार सम्मेलनमा जनाइएको छ ।  पत्रकार सम्मेलनान उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले कृषि सम्वन्धि परियोजनालाइ एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकाश, कृषिको व्यवसायीकरण, औद्योगिकउत्पादन र प्रविधिबारे जानकारि दिने उदेश्यले प्रदर्श्निको आयोजनाहुन लागेको बताउनुभयो ।

उहाँले प्रदर्श्निमा औद्योगिक उत्पादन तथा बस्तुहरु, कृषि जडिबुटि उत्पादन र कृषि औजार, सुचना प्रविधि, बैकल्पीक उर्जा, आटोमोवाइल्स र पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतिय उपकरण तथा सामग्रीहरु, गार्मेन्ट लगायतका बस्तुहरु रहने जानकारी  दिनुभयो । 

कृषि, पर्यटन, तथा औद्योगिक क्षेत्रको सुचना प्रवाह, नयाँ प्रविधि, उत्पादनबारे जानकारी , उत्पादक र उपभोक्ता विच सम्वन्ध विस्तार र कृषि क्षेत्रको व्यवसायीकरणमा सहयोग पुग्ने अपेक्षा सहित आजोजना हुनलागेको प्रदर्श्निमा नेपाल, भारत, बंगलादेश र चिनका गरि २ सय ५४ वटा स्टल रहने प्रचार प्रसार संयोजक नन्दकिशोर राठिले जानकारि दिनुभयो । 

हप्तादिन सम्मचल्ने प्रदर्श्निमा नेपाल, भारत, बंगलादेश, चिन लगायतका राष्ट्र बाट करिब साढे ३ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा सहित आयोजना हुन लागेको प्रदर्श्निको प्रवेश शुल्क ५० र विद्यार्थिहरुका लागि ३० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन