२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी पुरा

२०७३, ९ फाल्गुन सोमबार १०:२९

रोशन पोखरेल/फागुन ९,  विराटनगर । आगामि फागुन ११ गते बुधबारदेखि विराटनगरमा हुने विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी  पुरा भएको छ । 

उद्योग संगठन मोरंगको आयोजनामा आर्थिक विकाशको मुल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ विराटनगर ३ शंकरपुरमा हुने प्रदशनिको सम्पुर्ण तयारी पुरा भएको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी  दिइएको छ । 

 । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रदर्शनीलाइ थप आकर्षण बनाउनका लागि हेलि सिटि टुर, माउन्टेन उडान, रोजगारि मेला, अन्तराष्ट्रिय उत्पादन, वाल उद्यान, खानाका विभिन्न परिकार तथा बस्तुहरुको अलग अलग पेभोलियन लगायतका रहेको हरु पनि राखिएको आयोजक विराट व्यापार संघले बताएको छ । 

प्रदशनीको सम्पुर्ण सवै स्टलहरु बुक भइसकेको, प्रदर्श्निमा भव्यरुपमा सफल पार्न विभिन्न समिति गठन भइ कामहरु भइरहेको  पत्रकार सम्मेलनमा जनाइएको छ ।  पत्रकार सम्मेलनान उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले कृषि सम्वन्धि परियोजनालाइ एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकाश, कृषिको व्यवसायीकरण, औद्योगिकउत्पादन र प्रविधिबारे जानकारि दिने उदेश्यले प्रदर्श्निको आयोजनाहुन लागेको बताउनुभयो ।

उहाँले प्रदर्श्निमा औद्योगिक उत्पादन तथा बस्तुहरु, कृषि जडिबुटि उत्पादन र कृषि औजार, सुचना प्रविधि, बैकल्पीक उर्जा, आटोमोवाइल्स र पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतिय उपकरण तथा सामग्रीहरु, गार्मेन्ट लगायतका बस्तुहरु रहने जानकारी  दिनुभयो । 

कृषि, पर्यटन, तथा औद्योगिक क्षेत्रको सुचना प्रवाह, नयाँ प्रविधि, उत्पादनबारे जानकारी , उत्पादक र उपभोक्ता विच सम्वन्ध विस्तार र कृषि क्षेत्रको व्यवसायीकरणमा सहयोग पुग्ने अपेक्षा सहित आजोजना हुनलागेको प्रदर्श्निमा नेपाल, भारत, बंगलादेश र चिनका गरि २ सय ५४ वटा स्टल रहने प्रचार प्रसार संयोजक नन्दकिशोर राठिले जानकारि दिनुभयो । 

हप्तादिन सम्मचल्ने प्रदर्श्निमा नेपाल, भारत, बंगलादेश, चिन लगायतका राष्ट्र बाट करिब साढे ३ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा सहित आयोजना हुन लागेको प्रदर्श्निको प्रवेश शुल्क ५० र विद्यार्थिहरुका लागि ३० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी