Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस सुन्तली

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ९, पर्सा । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ ।

भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपर्नुभएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस)ले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताउनुभयो ।

उहाँले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित बस्तीको पुनःनिर्माणको अभियानलाई अगाडि बढाएको जानकारी दिनुभयो ।

कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्यको थालनी गरिएको छ र अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको छ ।

पत्रकार सम्मेलनमा साथै रहनुभएकी कुञ्जनाले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्सा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिनुभयो ।