फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला स"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सर्बसम्मत निर्वाचित सदस्य कँडेललाई रेडियो बुर्तिबाङद्वारा बधाई ज्ञापन

९ फाल्गुन २०७३, सोमबार १२:३८


फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला सदस्य पदमा निर्वाचित रेडियोका स्टेशनम्यानेजर तथा साझा सबाल अनलाइनका बाग्लुङ जिल्ला सम्पादक कृष्ण कँडेललाई सोमबार एक कार्यक्रम गरि बधाई ज्ञापन गरेको छ । 

रेडियोले यहि फागुन ३ गते बागलुङ बजारमा सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङको छैठौँ जिल्ला अधिबेशनबाट नेपाल पत्रकार महासंघ बागलुङको जिल्ला कार्यसमिति सदस्यमा खुल्लातर्फबाट निर्वाचित कँडेललाई बधाई ज्ञापन गरेको हो । 


कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङका संरक्षक तथा समाजसेवि तुल्सीराम आर्यालले जस्तो सुकै चुनौति भएपनि सत्य र तथ्यमा आधारित निष्पक्ष पत्रकारीता गर्ने पत्रकार समाजका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चार माध्यमलाई आर्थिक रुपमा सवल भए मात्र सञ्चारकर्मीले नियमित पारिश्रमिक पाउने भन्दै सञ्चार उद्यमि सञ्चार माध्यमलाई सवल बनाउन र सञ्चारकर्मी आफु दक्ष भएर पत्रकारीता क्षेत्रमा राम्रो नतिजा दिन सक्ने गरि व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । 

अर्का संरक्षक टंकप्रसाद पौडेलले कुनै राजनितिक विचार र कसैको पक्षपोषण गर्ने पत्रकारिताले समग्र समाजको हित गर्न नसक्ने भन्दै सञ्चार माध्यम तथा सञ्चारकर्मीले सँधै तथ्यपरक विषयवस्तुको उठान गर्न सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा रेडियोका शुभचिन्तक तथा समाजिक व्यक्तित्वहरु ददिराम शर्मा, केसर छन्त्याल, नगेन्द्र खरेल, कुविर विश्वकर्मा, विष्णु विसी, चुडामणी भुषाल र रेडियोका सम्वादाता गणेशकुमार विश्वकर्माले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङमा नवनिर्वाचित जिल्ला सदस्य तथा रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल आफु पत्रकार महासंघको जिल्ला सदस्यमा निर्वाचित भएपछि पत्रकारीता क्षेत्रमा थप जिम्मेवारी बढेको महसुस गरेको भन्दै राम्रो कामका लागि सँधै प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

कार्यक्रम कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राली तथा रेडियो बुर्तिबाङका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलको अध्यक्षता, रेडियो साथी विष्णु पौडेलको स्वागत र सम्बाददाता अनिलकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।   टिकाराम भट्टराईको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन