१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सहायक प्रजिअलाई कारवाही माग

११ भाद्र २०७२, शुक्रबार ०४:१९

नरी बडु, भदौ ११, बैतडी / सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीलाई बिहिबार बैतडी सदरमुकामका बासिन्दाले कारवाही गरिनुपर्ने माग गरेका छन् ।

      बिहिबार स्थानीय ब्यापारी, राजनीतिक दल लगायतको समूहले सेवाग्राही र ब्यापारीबाट अनावश्यक रकम असुल्ने गरेको भन्दै कारवाहीको माग गरेका हुन । उनीहरुले प्रशासन समक्ष सार्वजनिक माफी मागेर सरुवा गरिनुपर्ने माग गरेका हुन ।

बुधबार एक गैरसरकारी संस्था नबीकरण गर्दा ५ सय दस्तुर लाग्ने ठाउमा ४ हजार ५ सय घुस लिन लगाएका थिए । बेलाबेलामा ब्यापारीलाई तर्साएर रकम नदिए दुःख दिएर पदीय मर्यादा र जिम्मेवारी विपरित काम गरेको स्थानीयको आरोप छ । स्थानीयले तत्काल कारवाही नगरे संघर्ष गर्ने चेतावनी दिएका छन् ।

रकम नदिए संस्थाको बारेमा छानबिन गरिने भन्दै ५ हजार मागेका थिए । ‘तपाईको संस्था धर्म प्रचारण गर्दै हिड्छ भन्ने गुनासो आएकाले, ३ प्रतिशत रकम नदिए नवीकरण नहुने भन्दै काम रोके ।’ स्नेही महिला जागरण केन्द्रकी कोषाध्यक्ष बेलु क्षेत्रीले भनिन्, ‘५ हजार लिएर ५ सयको रसीद दिएपछि सार्वजनिक गरेको हो ।’

नियम बिपरित थप रकम लिएर गल्ती भएको शाहीले स्वीकारेका छन् । प्रजिअ लिलाधर अधिकारीले मातहतका कर्मचारीबाट गल्ती भएको भन्दै अन्य आरोपका बारेमा छानबिन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार